काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपना बनेको नेपालको आफ्नै रेल अन्ततः आज नेपाल भित्रिदै छ । धेरैलाई जिज्ञासा छ, ओलीले भनेको छुकछुके रेल कस्तो होला ?
भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरिसकेको नेपाली रेल शुक्रबार दिउँसो जनकपुर आइग्दैछ । रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएअनुसार भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ ।
नेपालले २ वटा रेलगाडि भारतबाट खरिद गरेको हो । सो रेल नेपाली झण्डामा प्रयोग हुने निलो र रातो रंगको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् तस्बिर






सबै तस्बिर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस