aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ट्राफिक लाइट नबल्दा सबैलाई सास्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
ट्राफिक लाइट नबल्दा सबैलाई सास्ती

काठमाडौंका चोक चोकमा राखिएको ट्राफिक बत्ती सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीले हात हल्लाएर सवारी साधनको व्यवस्थापन गर्नुपर्ने भएको छ । 

सवारी साधन व्यवस्थापनका लागि विभिन्न ठाउँमा जडान गरिएको ट्राफिक बत्ती ती रङमा बल्नुपर्नेमा एउटा पहेँलो रङको बत्ती मात्र बल्ने गरेको छ ।

काठमाडौं महानगरपालिका भित्र रहेका नयाँबानेश्वर, पुरानोबानेश्वर, गौशाला, मित्रपार्क, सिंहदरबार, बागबजार, तिनकुने, जस्ता मुख्य स्थानमा एक हप्ता अघिमात्रै ट्राफिक बत्ती जडान गरिएको थियो । तर, प्रयोगमा भने आएका छैनन् । 

पाँच महिनादेखि ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालेका रामु खत्री भन्छन्–‘ शहरका मुख्य  ठाउँ गौशाला, चाबहिल, कोटेश्वर, बानेश्वर जस्ता ठाउँमा ट्राफिक बत्ती नहुँदा सवारीसाधन र पैदल यात्रीलाई व्यवस्थापन  गर्न निकै गाह्रो भएको छ’। 

सवारी साधनको चापसँगै पैदल यात्रुको चाप पनि निकै बढ्दो क्रममा छ । दिनमा लाखौको संख्यामा सवारीसाधन र हजारौको संख्यामा मानिस आवातजावत गर्ने ठाउँमा ट्राफिक बत्ती नहुनु एक दुखद् रहेको उनको भनाइ छ । 
पुरानो बानेश्वरमा पनि ट्राफिक बत्ती जडान गरेको लगभग दुई हप्ता हुन लागिसकेको छ । तर सञ्चालनमा भने आएको छैन । 

पुरानो बानेश्वरमा डियुटी गर्ने कनैया लाल साह भन्छन्–यस ठाउँमा ट्राफिक बत्ती पनि छैन र पैदल यात्रुलाई बाटो क्रस गर्ने जेब्रा क्रसिङ पनि छैन यस्तो अवस्थामा निकै ग्राह्रो हुन्छ ।’ 


 

प्रतिक्रिया दिनुहोस