aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

इरानका कारण अमेरिका फेरि संकटमा, आफ्नै गठबन्धनले छोड्दैछ साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
इरानका कारण अमेरिका फेरि संकटमा, आफ्नै गठबन्धनले छोड्दैछ साथ

एजेन्सी । इरानमाथि नाकाबन्दी लगाउँदै आएको अमेरिका एक पटक फेरि शंकटमा परेको छ । आगामी हप्ता सुरु हुन संयुक्त राष्ट्रसँघको साधारण सभा इरानबारेको मामिलामा अमेरिका एक्लिने भएपछि यस्तो अवस्था सिर्जना भएको हो । 

त्यसो त लगभग वर्तमान विश्वमा ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन लगभग एक्लिएकै अवस्था छ । तर पनि अमेरिका एकोहोरोरुपमा इरान विरुद्ध जाइलाग्नेक्रम जारी छ । 

सन् २०१५ मा इरान र अमेरिकाबिच भएको आणविक सन्धिबाट अमेरिका पछि हटेपछि अमेरिकाले एकतर्फिरुपमा इरान विरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । जसलाई रुस, चीन जस्ता अन्य शक्तिशाली राष्ट्रहरूले खासै वास्ता गरेका छैनन् । 

त्यसबाहेक संयुक्त राष्ट्र संघिय सुरक्षा परिषद् र कतिपय अमेरिकी गठबन्धनका सदस्य समेत रहेका मुलुकहरूले अमेरिकी निर्णयलाई समर्थन गर्न सकिरहेका छैनन । यस्तोमा आफ्नो ७५ औँ स्थापना दिवस मनाउन लागेको संयुक्त राष्ट्रसंघले आगामी महासभा मार्फत अमेरिकी प्रस्ताव पारित गर्ने सम्भावना लगभग शून्य देखिएको छ । त्यस्तो किन पनि देखिएको भने कोरोना महामारीले विश्वका सबै मुलुकहरूलाई थला पारेको बेला कुनै एउटा देशविरुद्ध अर्को मुलुकको स्वार्थ रक्षाका लागि जारी गरिएको नाकाबन्दी मानवीय हिसाबले समेत सही ठहर्न सक्दैन । 

त्यसबाहेक यही वर्षको अक्टोबर १८ मा इरानमाथि लागेको हातहतियार सम्बन्धी १३ वर्ष लामो प्रतिबन्ध समेत अन्त्य हुदैछ । जसले इरानलाई नयाँ ढंगले आफ्नो सुरक्षा रणनीति र हातहतियार खरिद गर्न बाटो खुल्दै छ । 

यसअघि अगस्ट २० मा नै अमेरिकी विदेश मन्त्री माइक पम्पिओले इरान विरुद्धको प्रतिबन्ध जारी राख्ने घोषणा गरेकोमा सुरक्षा परिषद्ले अस्वीकार गरिसकेको छ । तर, अमेरिकाले भने शनिवारदेखि फेरि इरान विरुद्ध पूर्ण प्रतिबन्ध घोषणा गरिसकेको छ ।  जसअन्तर्गत अब कुनै पनि मुलुकसँग इरानले सैन्य सम्झौता गर्ने वा अन्तर्राष्ट्रियता अन्य आर्थिक गतिविधिहरू खुल्ला गर्न समेत अमेरिकाले रोक लगाएको छ । 

 

प्रतिक्रिया दिनुहोस