aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतसँगको भिडन्तमा आफ्ना सेना मारिएको चीनले बल्ल स्विकार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
भारतसँगको भिडन्तमा आफ्ना सेना मारिएको चीनले बल्ल स्विकार्यो

एजेन्सी । भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्तिबारे मात्र समाचार प्रकाशित गरिन्छ । तर, कम्युनिष्ट पार्टीको मुखपत्ररुपमा चिनिएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गलवानमा भएको भिडन्तमा चीनका सेना समेत मरेको स्विकार गरेको छ । 

१५ जूनमा गलवान घाटीमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

चीनका सैनिक कति संख्यामा हताहत भए यसको आधिकारिक जानकारी हालसम्म पाउन सकिएको छैन । ग्लोबल टाइम्सजस्तो पत्रिकाले पनि चिनियाँ सैनिकको मृत्यु अस्विकार गर्दै आएको छ । अब पहिलो पटक यसै पत्रिकाका सम्पादकले चिनियाँ पक्षको क्षतीबारे स्विकारेका छन् ।

Image

यो पत्रिकाका सम्पादक हू शिजिनले बिहिबार आफ्नो ट्वीटमा भने, ‘जति मलाई थाहा छ त्यसको हिसाबले गलवान घाटीमा १५ जूनमा भारतका २० सैनिकको मृत्युको तुलनामा चिनियाँ सैनिक निकै कम हताहत भएका थिए । चिनियाँ सैनिक कसैलाई पनि भारतीय सैनिकले पक्राउ गरेका थिएनन् जबकी पिएलए ९चीनको पिपल्स लिबरेशन आर्मी० का जवानले थुप्रै भारतीय सैनिकलाई पक्राउ गरेका थिए ।’

यो ट्वीटसहित एक भारतीय समाचार रिपोर्टको स्क्रिनसट पनि राखिएको थियो जसमा फेक न्यूजको मार्क लगाइएको थियो ।

थुप्रै दशकमा दुई देशको सीमामा भएको यो पहिलो घटना थियो । त्यतिबेला चीनले आफ्नो बयानमा उनका कुनै पनि सैनिकको मृत्यु भए नभएको जानकारी दिएको थिएन । दुई देशको सीमामा अहिले पनि तनाव छ । बिहिबार रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसामू नझुक्ने र हरेक प्रकारको चुनौतीका लागि तयार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस