काठमाडौं । विगत ६ महिनादेखि थन्किएका आन्तरिक उडानका वायुसेवाहरु असोज ५ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएका छन् । पर्यटन मन्त्रालयले पुर्ण क्षमतामा यात्रु बोकेर विमान उडाउने अनुमति दिएसँगै दशैँको मुखमा हवाइ सेवा सुचारु हुन लागेको हो ।
यसअघि मन्त्रीपरिषद्ले अन्य सबै सेवाहरु असोज १ गतेदेखि सुचारु गर्ने निर्णय गरेपनि हवाइसेवाको हकमा पर्यटन मन्त्रालयलाई अन्तिम निर्णयको अधिकार दिएको थियो । सोहि अुनसार ५ गतेदेखि पुर्ण क्षमतामा उडान शुरु हुने भएको हो ।
यात्रुवाहक अन्य सडक सवारीको हकमा भने आधा क्षमतामा मात्रै यात्रु बोक्ने र पहिलेको भाडाभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रु ओसारपोसार गर्न अनुमति दिएपनि हवाइ सेवालाई भने नियमित भाडादरमा नै उडान गर्न अनुमति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस