aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कसरी हुन्छ नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति चुनाव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
कसरी हुन्छ नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति चुनाव ?

एजेन्सी । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदै छ । तर, कोरोनाका कारण यस वर्ष हुन लागेको चुनाव निकै नै जटिल तरिकाले सम्पन्न हुन गइरहेको छ । जसका कारण त्यहाँ निकै ठुलो विवाद हुने सम्भावना देखिदैछ । 

कोरोनाका कारण भोट हाल्ने तरिकामा गरिएको परिवर्तनले गर्दा चुनावी नतिजामा समेत निकै असर पर्ने अनुमान छ । त्यसको लक्षण यसअघि नै देखिएको छ । उदाहरणका लागि राष्ट्रपतिको चुनाव भन्दा पहिले हुने न्युयोर्क प्राइमरीको उम्मेदवार छान्न जुन २३ का दिन मतदान गरिएको थियो ।  

सामान्यतया त्यसको नतिजा सोही दिन आउने गर्थ्यो । तर, यस पटक भने दुई चार दिन मात्रै होइन की पुरै डेढ महिना पछि मात्रै त्यसको नतिजा सार्वजनिक गरियो । 

यस्तो हुनुको खास कारण के थियो भने सो चुनावमा हुलाक मार्फत मतदान गरिएको थियो । जसका कारणले धेरै जसो समस्या आए । अत्यधिक मानिसहरूले कोरोनाका कारण हुलाक मार्फत नै मतदान गरे र हुलाकको प्रणालीले त्यसलाई सम्हाल्नै सकेन । 

तर, कुरा यो मात्रै होइन । स्वयम् राष्ट्रपति ट्रम्पले नै हुलाक मार्फत भएको चुनावमा जालसाझि भएको र यो विधि सुरक्षित नभएको भन्दै आलोचना गरे । यो विषय विवादित समेत बन्यो । किनकि उनका विपक्षी डेमोक्राट्स भने ट्रम्पले हुलाक सेवालाई सुधार नगरेर यसमार्फत हुने भोटलाई रोक्न खोजेको भन्ने आरोप लगाइरहेका छन् । 

यो आरोप प्रत्यारोपबिच उठेको प्रश्न के हो भने अबको डेढ महिनापछि हुने अमेरिकी राष्ट्रपतिको चुनाव कसरी हुन्छ त ? त्यहाँको डेमोक्रेट पार्टीको बुझाई के छ भने यदि हुलाक मार्फत भोट भयो भने ट्रम्प विरोधी मत आउनेछ । र, यसरी हुलाक मार्फत मतदान गर्दा रिपब्लिकन पार्टीको धेरै नोक्सान पुग्नेछ । 

यही कुरा बुझेर ट्रम्प प्रशासनले त्यहाँको हुलाक सेवालाई चुस्त दुरुस्त राख्न ध्यान दिएका छैनन् ।  उनले पोस्ट अफिसका ट्रकको संख्या घटाउने देखि लिएर त्यसभित्र गन्जागोल पार्न सके जति प्रयत्न गरिरहेका छन् । विपक्षीहरू भने यही कुराको विरोध गरिरहेका छन् । त्यसैले अहिले पनि ठुलो चिन्ता के छ भने अब नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अमेरिकी जनताले चाहेजति हुलाक मार्फत भोट गर्न पाउँछन् या पाउँदैनन् ? किनकि अझै पनि ट्रम्पले हुलाकबाट कम र प्रत्यक्ष बढी मतदान होस भन्ने चाहिरहेका छन् । त्यहाँ अहिले हुलाक सेवामा काम गर्नेहरूको ओभर टाइम काटिएको छ भने । वासिङटनडिसिमै पनि कतिपय सटिङ मेसिनहरू हटाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस