
काठमाडौं । यसवर्ष ५ सय ९४ जनालाई मानपदवी र अलंकार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई मानपदवी दिएर सम्मान गर्न लागेकी हुन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले चिकित्सक डा. सन्दुक रुइटलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गर्ने भएकी छिन् । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रवल जनसेवा श्री (द्वितीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
अख्तियारका आयुक्त डा. गणेशराज जोशी, वनस्पति विज्ञ डा. तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के.सी, शसस्त्रका अर्का एआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले पाउने भएका छन् । कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जना र राष्ट्र यशोवद्र्धक २ जनाले पाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ‘नेपाल सेवा प्रविण’ समाजसेवी चन्द्र बहादुर पराजुलीलाई प्रदान गर्ने निर्णय भएको छ । समाजसेवा रत्न ११ जना, परम पौरख भाष्टकर १२ जना, नेपाल प्रताप सुभूषण २४ जना र अति पौरख भाष्कर विभुषणबाट २० जना विभुषित हुने भएका छन् । नेपाल प्रताप आभुषणबाट १४ जना र महापौरख भाष्कर १२ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
उमेशलाल प्रधानलाई सुप्रबल जनसेवा श्री (तृतीय)
औषधि व्यवसायी उमेशलाल प्रधानले सुप्रबल जनसेवा श्री (तृतीय), इटहरीका व्यवसायी विमलमान श्रेष्ठलाई पनि सोही पदकबाट सम्मान गर्ने भएको छ । अर्को व्यवसायी त्रिभुनव धर तुलाधर र शंकरलाल अग्रवालालाई प्रबल जनसेवा चतुर्थले सम्मान गर्ने कार्यक्रम रहेको छ । महिला उद्यमी ज्योत्सना श्रेष्ठले पनि जनसेवा श्री(पञ्चम) पुरस्कार पाउने भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस