काठमाडौं । आर्टफिशियल इंटेलिजेन्स( एआई) र मेशिनलर्निङ्ग (एमएल) मा ज्ञान र सीप भएका जनशक्तीको विश्व भरी नै ठुलो माग रहेको छ । कृतिम वुद्धिमताले विश्वव्यापी अर्थतन्त्रलाई रुपान्तरित गर्ने भएको हुनाले एआईमा दक्षजनशक्ती संसार भरी नै उच्च प्राथमिकतामा पर्ने गरेका छन् । तथ्याकं अनुसार एआइमा दक्ष जनशक्तीको माग विगततिन वर्षमा दोब्बर भएको छ भने रोजगार पोस्टिङ्गहरु ११९ प्रतिशतले वृद्धि भएको छ ।
यसै उद्देश्यका साथ पीसीपीएस कलेजले फ्युजमेशिन्सको सहकार्यमा बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग का साथै एआईमा माइक्रोडिग्री पनिप्रदान गर्ने गरी नयाँकार्यत्रम शुरु गरेको हो । आर्टफिशियल इंटेलिजेन्स एआइको सिकाईको लागी माइक्रोडिग्री टिएम कार्यक्रम एक तत्वरीक शिक्षण कार्यक्रम रहेको कलेजले जनाएको छ ।
यो कार्यक्रम अमेरीकाका अग्रणी विश्वविद्यालयहरुका प्राध्यापकहरु र आर्टफिशियल इंटेलिजेन्स एआइ उद्योगमा संलग्न विषेशज्ञहरुद्वारा तयार पारिएको हो । मेशिनलर्निङ्ग एमएल डिप लर्निङ्गको मुख्य उद्देश्य स्नातक डिग्रीको साथै आर्टफिशियल इंटेलिजेन्स एआइमा दक्षबनाउनु रहेको कजेलले जनाएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग को साथ साथै फ्युजमेशिन्सको आर्टफिशियल इंटेलिजेन्स एआईमा माइक्रोडिग्री पनि प्राप्त गर्ने छन् ।
माइक्रोडिग्री कोर्ष विश्वव्यापी प्राविधि उद्योगको परिर्वतनशील माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाईन गरिएको कोर्ष हो । फ्युजमेशिन्सका संस्थापक तथा सिइओ प्रो डा. समीर मास्के भन्छन, नेपाल र विश्वभर एआई ईन्जिनियरहरुको बढ्दो मागँ पुरा गर्नाको लागी कलेज र विश्वविद्यालयहरुले एआई कोर्ष समावेश गर्न आवश्यक छ ।
पीसीपीएस कलेजका अध्यक्ष पंकज जालानका अनसार, यस साझेदारी अन्तर्गत विद्यार्थीहरुले एआईमा माइक्रोडिग्री कोर्षको साथै कम्प्यटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक डिग्री प्राप्त गर्नैछन् । दइउन्नत पाठ्यक्रमहरु मेशिनलर्निङ्ग र डिप लर्निङ्ग माइक्रोडिग्रीको हिस्साको रुपमा प्रस्ताव गरिएको छ । यो परा भएपछि, हामीले इविद्यार्थीहरुलाई ईन्टर्नसीप र प्लेसमेन्टकोलागीथप सहयोग गर्नेछ ।
युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत वाट सम्वन्धनप्राप्त‘पीसीपीएस कलेज’ले स्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इनविजनेस एडमिनिष्ट्रेसन कार्यक्रमहरु अध्धयनअध्यापन गराउदै आएको छ ।
टाइम्स युकेको रैकिङ्कअनुसार १३० वर्ष पुरानो युनिभर्सिटि अफ बेडफोर्डसायर विश्वको उत्कृट १००० विश्वविद्यालयमध्ये एक हो । यो विश्वविद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन ।
यो विश्वविद्यालयको कार्यक्रमहरु चीन र भियतनामलगायतमध्यपुर्व, युरोप, दक्षिण पुर्व एशियालगायतकाअन्य देशहरुमा संञ्चालित छ । यो विश्वविद्यालय वाट अध्ययन गरेका ९२ प्रतिसतविद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन वाउच्च अध्ययनतिर लाग्छन ।
प्रतिक्रिया दिनुहोस