aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ट्रम्पका कुरा सुनेर टिकटक नै छक्क !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
ट्रम्पका कुरा सुनेर टिकटक नै छक्क !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक मार्फत अमेरिकाको फेडरल एजुकेशा फण्डमा ५ बिलियन डलर जम्मा गर्ने उद्धघोष गरेका छन् । उनले गरेको यस्तो घोषणाबाट टिकटक कम्पनी भने छक्क परेको छ । 

हुन पनि अचम्म के छ भने टिकटक निर्माता कम्पनी बाइटडान्सले ट्रम्पको यस्तो योजना छ भन्ने कुरा सञ्चार माध्यमबाट मात्रै थाहा पाएको जनाएको छ । शनिबार एउटा मिडिया ब्रिफिङमा टिकटक र यसका साझेदार कम्पनी वाराकल र वालमार्ट मार्फत फेडेरल एजुकेशन फण्ड नामक नयाँ प्रोजेक्टमा ५ बिलियन डलरको सिडमनि प्राप्त हुने ट्रम्पले एकाएक सार्वजनिक गरे । जुन कुरा स्वयम् पैसा दिने भनिएको टिकटक कम्पनीलाई थाहा नै छैन । 

यस प्रकारको पैसा प्राप्त भएपछि मात्रै आफू टिकटकसँग सन्तुष्ट हुने बताएका ट्रम्पले यसअघि अमेरिकन कम्पनी वालमार्ट र ओराकलसँग टिकटकको साझेदारीबारे आफ्नो रिजरभेसन राखेका थिए । 

ट्रम्पका अनुसार यसरी प्राप्त हुने पैसा अमेरिकन बालबालिकाहरुको शिक्षामा खर्च गरिनेछ । अमेरिकी राष्ट्रवादी कार्यक्रम भनिएको सो १७७६ कमिशन नामक कार्यक्रम मार्फत उनले आफू अतिराष्ट्रवादी बनेको देखाउन चाहेका छन् । ट्रम्पले सो बुराको घोषणा गर्दै भनेका थिए, ‘उनीहरु ठुलो धनराशी दिन तयार भएका छन् । जुन मैले पहिलेदेखि माग्दै आएको थिए ।’ 

उता, चीनले भने पहिलेदेखि नै अमेरिकाको अफ्ठारोमा पारेर आफ्नो कम्पनी हत्याउने नितिको विरोध गर्दै त्यस्तो योजना किमार्थ सफल हुन नदिने बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस