एजेन्सी । प्रायः तपाई हामी सबैका बच्चा मोबाइलमा विभिन्न एपहरुमा झुमिरहेका हुन्छन् । तर, के तपाईले ख्याल गर्नु भएको छ, ती एपहरुले उनीहरुलाई के कस्ता हर्कत गराइरहेका छन् ?
पछिल्ला केहि घटनाहरुबाट टकिङ टम, टकिङ एन्जिला, टकिङ एन्जिला २, टकिङ बेन २ जस्ता बच्चाहरुबीच लोकप्रिय रहेका एपहरुले चाइल्ड प्रोनोग्राफि गराइरहेको भेटिएको छ । यी एपहरुले उनीहरुलाई आफ्नो र आफन्तहरुको नग्न तस्बिर खिच्न र पठाउन उक्साइरहेको भन्दै कतिपय अभिभावकहरुले प्रहरीमा उजुरी गरेका छन् ।
हालै अमेरिकाको मेरिल्याण्डमा एक ५ वर्षीया शिशुलाई उनको र आफ्ना दिदिबहिनीहरुको वाथरुममा रहेकाबेला फोटो खिच्न र पठाउन भनेको थाहा पाएपछि ती शिशुका अभिभावकले पुलिसमा उजुरी गरेका हुन् । अमेरिकाको वासिङटनडिसिमा समेत यस्तै खालका घटना भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसो त, सधै जसो यी एपहरुले यसरी कुनै आदेश नदिने तर, जे गर्नुछ त्यो लिखितरुपमा मात्र अराउने गरेको देखिएको छ । जसमा यस्ता अवैधानिक र गैरकानुनी कुराहरु पर्दैनन् । तर, कहिलेकाही भने यस्तो देखिन्छ जसको कारण बच्चाहरु त्यसप्रकारका हर्कत गर्न उत्प्ररित हुने गर्छन ।
सन् २०१५ मा टकिङ टम नामक यस्तो एप निकै नै चर्चामा आएको थियो । त्योबेला आफ्ना ७ र ३ वर्षीया बच्चाहरुलाई त्यस्ता एपहरु मार्फत पोर्न विज्ञापन देखाइएको भन्दै अभिभावकले पुलिसमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले यस्ता एपहरुलाई सचेत रहन आग्रह गरेपनि पछिल्ला दिनहरुमा अनलाईन—भर्चुअल क्लास लिइरहेका बच्चाहरुलाई एकाएक पोर्न भिडियो देखाउने, बन्दुक देखाएर तर्साउने लगायतका कामहरु ह्याकरहरले गरिरहेका छन् ।
त्यसैले अहिलेको अवस्थामा जुनसुकैबेला बच्चाहरु इन्टरनेटमा रहनुपर्ने बाध्यता हुँदा उनीहरुले के कस्ता एपहरु हेरिरहेका छन् र त्यहाँ के कस्ता विषयवस्तु र भिडियोहरु देखाइदैछ भन्ने कुरा अभिभावकहरुले ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस