काठमाडौं । आइतवारदेखि कारोबार सुरु भएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
यस दिन कारोबार खुला भएको १० मिनेटमै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ३३० पुगेको हो ।
प्रि ओपनिङ सेसनमा कम्नपीको शेयर प्रतिकित्ता रू. ३०० मा ३ हजार २६० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले पहिलो कारोबारका लागि रू. १०० देखि रू. ३०० सम्मको मूल्य रेञ्ज तोकेको छ ।
नेप्सेले तोकेको मूल्यरेञ्जको आधारमा आइतवार प्रि ओपनिङ सेसनमा कारोबार भएपछि नियमित सेसनमा कारोबार सुरु भएको हो । नियमित सेसनमा लिवर्टीको ६१ हजार ६७३ कित्ता शेयर शेयर खरिदको माग रहेको छ भने विक्री कर्ता देखिएका छैनन् ।
कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल १ करोड ५० लाख कित्ता शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको थियो ।
लिवर्टीले आयोजना प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि २१ गतेसम्म र सर्वसाधारणका लागि भदौ ३ गतेदेखि ७ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस