aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ऐनमा ट्रेड युनियनको व्यवस्था कायम राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
ऐनमा ट्रेड युनियनको व्यवस्था कायम राखिने

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनमा ट्रेड युनियनको व्यवस्था कायम राखिने बताए ।
 
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको वर्तमान कार्यसमिति निर्वाचित भएको तीन वर्ष पुगेका अवसरमा आयोजित ‘भेला तथा कार्यशाला गोष्ठी कार्यक्रम’ को समापन गर्दै मन्त्री पण्डितले सो ट्रेड युनियन अन्य क्षेत्रको ट्रेड युनियनभन्दा फरक ढङ्गले सञ्चालन गरिने पनि बताए ।

 सबै निजामती कर्मचारी ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल बनाउन अग्रसर हुनुपर्नेमा उनको जोड थियो । उनले भने, “निजामती कर्मचारीहरुले त्यागको भावनाले राष्ट्र निर्माणमा योगदान दिनुपर्छ ।”

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले ‘रुपान्तरित सङ्घीय संरचनामा कर्मचारी व्यवस्थापनको सन्दर्भ’ र कर्मचारी सञ्चय कोषका विभागीय प्रमुख जीवन कटुवालले ‘कर्मचारी सञ्चय कोषबाट प्रदान गरिने सेवा सुविधा’ का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भेलामा ५९५ जना कर्मचारीको सहभागिता थियो  । 

 

प्रतिक्रिया दिनुहोस