
एजेन्सी । भारु दुई हजारको नोट चलन चल्तीमा आउन लगभग छाडेको छ । भारतका एटिएम मेसिनमा विगत केही महिनामा २ हजार रुपैयाको नोट बाहिर निष्कन छाडेपछि अब भारतमा यो नोट नै प्रतिवन्ध लगाउन माग भइरेहेको छ । भर्खर भारको केन्द्री सरकारले २ हजार रुपैयाँको मुद्राको प्रिन्टिमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुमा धेरै रिपोर्टहरू आइरेहेका छन । नोट थप नछापेको बारेमा सरकारसँग संसदमा स्पष्टीकरण माग गरिएको छ ।
अर्थ राज्यमन्त्री अनुराग सिंह ठाकुरले लोकसभामा भने २ हजार रुपैयाँको नोट छाप्न सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । लोकसभामा लिखित जवाफमा अनुराग ठाकुरले भारतीय रिजर्व बैंक (आरबीआई) सँग परामर्श गरेपछि सरकारले नोटहरूको छाप्ने निर्णय गर्दछ ।
रिजर्व बैंकले सन २०१९-२०को वार्षिक रिपोर्टका अनुसार सन २०१८ अन्तिममा भारु दुई हजारको नोटको मौज्दात ३३,६३२ लाख रहेको थियो । जुन मार्च २०१९को अन्तिममा यो संख्या घटेर ३२,९१० लाख मात्र रहेको देखाएको छ । त्यो संख्याका २०२०मा आएर २७,३९८ लाखमा झरेको छ ।
भारतीय रिजर्व बैंकको रिपोर्टको अनुसार कुल भारु दुई हजारको नोटको मौज्दात २.४ प्रतिशत मात्र भएको छ । २०१९ मार्चमा तीन प्रतिशत र २०१८ मार्च ३.३ प्रतिशत थियो । मूल्यका हिसावले पनि यसको हिस्सा घटेको छ ।
तथ्यांक अनुसार २०२० मार्चसम्म चलनमा रहेको नोटको मौज्दात घटेर २२.६ प्रतिशत रहेको थियो । २०१९ मार्चको अन्तसम्ममा ३१.२ प्रतिशत र २०१८ मार्चसम्ममा ३७.३ प्रतिशत रहेको थियो ।
रिपार्टका अनुसार दुई हजारको नोटमा देखिएको फल्टका कारण पाँच सय र दुई सयको नोटको माग बढिरहेको छ । उक्त रिपोर्टका अनुसार २०१९–२० मा दुई हजारको नोटको कुनै पनि छपाईको अडर दिईएको छैन ।
प्रतिक्रिया दिनुहोस