aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कैलाली र कञ्चनपुरमा हावाहुरी: एकको मृत्यु, ५ दर्जन घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
कैलाली र कञ्चनपुरमा हावाहुरी: एकको मृत्यु, ५ दर्जन घाइते

काठमाडौँ । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।

कञ्चनपुरमा पनि हावाहुरीले दर्जनाैं घरका छाना उडाइदिएकाे छ । केही सवारी साधन समेत हावाले उडाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । 

बिहीबार पाैने ९ बजेतिर आएको हावाहुरीमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन्।

हावाहुरीले दर्जनौं घरका छानो उडाएको छ भने किसानको बालीसमेत नष्ट गरेकाे छ । हुरीका कारण विजुलीका पोल ढलेका छन् जसले गर्दा विद्युत सेवासमेत अवरुद्ध बनेको धनगढी प्रहरीले जानकारी दिएको छ ।

त्यस्तैगरि, काठमाडौं उपत्यकामा वर्षासहित भीषण हावाहुरीले सहित वर्षा भएको छ । हावाहुरीका करण कतिपय स्थानमा विद्युतसेवा अवरुद्ध बनेको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस