
एजेन्सी । अन्ततः अमेरिकामा टिकटकले निरन्तरता पाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको स्वामित्वमा रहेको भिडियो शेयरिङ एप टिकटकको केहि हिस्सा अमेरिकी प्राविधिक कम्पनी आराकल र वालमार्टले किनेपछि सो सम्झौताप्रति आफ्नो समर्थन रहेको जनाएका छन् ।
लामो समयसम्म पनि टिकटकको खास मूल्य कति कायम गरियो र यी दुई अमेरिकी कम्पनीहरुले कति पैसा तिरेर कति प्रतिशत शेयर किने भन्ने गोप्य नै राखिएको थियो । तर, एउटा गोप्य सूचनाको दस्तावेजको हवला दिदै ब्लुमवर्गले जनाए अुनसार टिकटकको मूल्य ६० बिलियन डलर कायम गरिएको हो ।
यो किनबेचका क्रममा अमेरिकाको शिक्षा सम्बन्धि एउटा फण्डमा ५ बिलियन डलर टिकटकले सिडमनि दिने सहमति भएको भन्दै ट्रम्पले गरेको दाबीलाई भने टिकटक निर्माता कम्पनी बाइटडान्सले अस्विकार गरेको छ ।
उता, वराकल र वालमार्टले भने क्रमशः १२.५ प्रतिशत र ७.५ प्रतिशत शेयरको लागि जम्मा १२ बिलियन डलर तिरेको पनि खुलासा भएको छ । यो खरिदविक्रि मार्फत चीन र अमेरिकाबिचको तनाव व्यापारीकरुपमा केहि कम भएको छ ।
तर, वाइटडान्सले टिकटकको डाटा बेहमा रहेका सबै सूचनाहरु अमेरिकालाई खुल्ला गर्नुपर्ने भन्ने ट्रम्पको माग भने सम्झौतामा पुरा गरिएके छैन । यसरी हेर्दा टिकटकले ठुलो रकम लिएर केहि शेयर बेच्न सफल भएको छ भने टिकटकको पछि हात धोएर लागेका राष्ट्रपति ट्रम्पले भने आफ्नो इज्जत जोगाउन अनेकौँ बेतुकका र कल्पित कुराहरु गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
जस्तो की, उनले भने अनुसारुको ५ बिलियन डलर टिकटकले तिर्नु नपर्ने र त्यस्तो सम्झौता नै नभएको खुलासा गरेको छ भने अहिले ट्रम्प यो कारोबार मार्फत २५ हजार अमेरिकीहरुले जागिर पाउने भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस