aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भर्चुअल शैक्षिक परिसंवाद २०२० हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
भर्चुअल शैक्षिक परिसंवाद २०२० हुने

काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले यही असोज  ‘विद्यालय नेतृत्व’ विषयक चौथो भर्चुअल शैक्षिक परिसंवाद आयोजना गरिरहेको छ । काउन्सिलले ७ देखि ११ गतेसम्म (२३ देखि २७ सेप्टेम्बर)सम्म भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो ।

यस भर्चुअल परिसंवादले विद्यालयको नेतृत्व, यसका वरिपरिका सिद्धान्तहरू र नेपाल तथा अन्य मुलुकका नीतिगत तथा अभ्यासगत तहमा भइरहेका कार्यप्रणालीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्णयकर्ता र सरोकारवालाहरू तथा व्यापक शैक्षिक समुदायका लागि प्रस्तुति, बहस र छलफलका लागि मञ्च प्रदान गर्ने काउन्सिलले जनाएको छ । 

विश्वभरिका धेरैजसो देशहरूका लागि शिक्षा नीति बनाउने क्रममा विद्यालय नेतृत्व छलफलको मुख्य बुँदा हुने बताइएको छ ।  शिक्षण र सिकाई अभ्यासहरूको परिभाषित गर्नमा महत्वपूर्ण भूमिका खेल्ने र  यसलाई नीति र अभ्यासको मध्यस्थ मानिन्छ, विद्यालयका नेतृत्वकर्ताहरूले विद्यालयको पूर्वाधार विकास, समग्र व्यवस्थापन, शिक्षकको प्रभावकारिता तथा विद्यार्र्थीको सिकाइ पार्ने प्रभावमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् ।

नेपालको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) ले पनि विद्यालयहरूमा नेतृत्व क्षमता बढाउनु पर्नेमा जोड दिँदै भनेको छ– “ प्रधानाध्यापकले शिक्षकको कार्य सम्पादन मूल्यांकन, शिक्षकले काममा बिताउने समयको अनुगमन, शिक्षकको सक्षमता विकास आदि लगायत विद्यालयको प्राविधिक पक्षमा ध्यान केन्द्रित गर्छन् ।”

उनीहरूले शिक्षा प्रणालीको विकासमा त्यस्तो महत््वपूर्ण भूमिका खेलिरहेको भए पनि प्रभावकारी विद्यालय नेतृत्वको अभ्यासका विषयका वरिपरि थोरैमात्र अनुसन्धान र संवाद गरिएको छ । यस अवसरमा ब्रिटिस काउन्सिल नेपालले क्रिस ट्वीडेले र जेस स्टोफेनबर्गद्वारा सम्पादित ‘नेपालमा सफल सिकाइ विकास : पाठ्यक्रम, शिक्षा पद्धति र विद्यालय नेतृत्वको बारेमा अन्तरदृष्टि’ शीर्षकको प्रकाशन पनि सार्वजनिक गर्नेछ ।  यस पुस्तकलाई शिक्षा तथा मानव सस्रोत विकास केन्द्र (सीईएचआरडी)का महानिर्देशक डा. तुलसी थपलियाले पनि समीक्षा गरेका छन ।

प्रकाशन सार्वजनिक गरिएपछि ब्रिटिस काउन्सिलको वेबसाइटबाट डाउनलोड गर्नयोग्य संस्करणमा उपलब्ध हुने काउन्सिलको दावी रहेको छ । ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक शाहिडा म्याकडगलले भने– “विद्यालयको समग्र विकासको लागि प्रभावकारी विद्यालय नेतृत्व महत्वपूर्ण रहन्छ । प्रधानाध्यापक र प्राचार्य (प्रिन्सिपल)हरू प्रायः नीति र अभ्यासको बीचमा मध्यस्थताको रूपमा मानिन्छन् र समग्र विद्यालयको पूर्वाधार, व्यवस्थापन, शिक्षक प्रभावकारिताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछन्, जसले विद्यार्थीको सिकाइ र उपलब्धीहरूमा योगदान पु¥याउनका लागि महत्वपूर्ण  भूमिका रहने छ । 

 हालैका वर्षहरूमा संयुक्त अधिराज्यमा विद्यालय नेतृत्वको उत्कृष्टता परिभाषित गर्न धेरै ठूलो काम गरिएको छ । यस परिसंवादले नेपालका विद्यालय नेतृत्वकर्ता र नीतिनिर्माताहरूका लागि शिक्षाको गुणस्तर सुधार गर्ने मूल उद्देश्यबाट सिक्नको लागि उत्तम अभ्यासका उदाहरण र अनुभव उपलब्ध गराउने छ । 

प्रतिक्रिया दिनुहोस