
एजेन्सी । अमेरिकाको एक अदालतले अमेरिकाका राष्ट्रपति ट्रम्पको एउटा आदेश लागू हुनबाट रोकेको छ । यसबाट अमेरिकाका दुई करोड भन्दा बढी वीच्याट एप प्रयोगकर्ताहरुलाई राहत मिलेको छ ।
सन् फ्रान्सिसको एक अदालतले राष्ट्रपति ट्रम्पको हिजो आइतबारदेखि लागू हुनेगरि आएको वीच्याट माथीको प्रतिबन्धमा अस्थाई रोक लगाएको हो । न्याधिस जज लारेन बिलरले यस्तो प्रतिबन्धबाट अमेरिकी संविधानले प्रदान गरेको वाक स्वतन्त्रताका सम्बन्धमा गम्भिर प्रश्न उब्जिएको भन्दै ट्रम्पको आदेश लागू नगर्न भनेका हुन् ।
यसअघि ट्रम्पले अमेरिकाको वाणिज्य विभाग मार्फत वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश दिएका थिए । यसको प्रयोगबाट चीनले आफ्नो डाटा चोरी गरिरहेको अमेरिकाले आरोप लगाएको छ । चीनले यस्तो आरोपको शुरुदेखि नै खण्डन गर्दै आएको छ ।
अदालतको यस्तो आदेश त्यसबेला आएको छ जुनबेला अर्को चिनियाँ एप टिकटकलाई दुई वटा अमेरिकी कम्पनीले समेत शेयर किनेपछि त्यहाँ निरन्तरताको मौका दिइएको छ ।
अमेरिकी अदालतले वीच्याट प्रयोगकर्ताहरुले ट्रम्पको कार्यकारी आदेश विरुद्ध दिएको रिटमा फैसला गर्दै प्रतिवन्धका रोक लगाएपछि राष्ट्रिय सुरक्षामाथी खतरा भन्दै चिनियाँ एपमाथि ट्रम्पले गर्दै आएको आक्रमण हाललाई विफल भएको छ ।
सन् २०११ मा शुरु गरेको वीच्याटले अमेरिकामा रहेका दुई करोड भनदा बढी प्रयोगकर्ता र चीन तथा दक्षिण पुर्वि एसियामा रहेको अमेरिकीहरुबिच सम्पर्क स्थापित गर्न महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ । यो मल्टिप्रपोज एपले प्रयोगकर्ताहरुको लागि मोबाई पेमेन्ट गर्नेदेखि अन्य धेरै सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस