
भारत । चिनियाँ उत्पादनलाई नै भारतमा निषेध गर्ने मोदी सरकारको योजनामा फेरि अर्को धक्का लागेको छ । भारतमा समान मात्र होइन अब चीनले आक्रामण ढंगले वित्तिय लगानी नै गर्न थालेको छ ।
केहि समयअघि चीनको सरकारी बैंक पिपल्स बैंक अफ चाईनाले एचडीएफसी र आइसीआइसीआइ बैंकमा लगानी गरेको थियो । अहिले फेरि बजाज फाइनान्समा चिनियाँ बैंकले लगानी गर्ने भएको हो ।
हुनत, अहिले सो फाइनान्समा चीनले एक प्रतिशत भन्दा कम लगानी गर्दैछ । तर, यसरी फरक फरक वित्तिय संस्थामा थोरै लगानी गर्दै छिरेको चीन कुनै पनि बेला महत्वपुर्ण लगानीका साथ प्रकट हुनसक्ने सम्भावना छ ।
यसरी चीनको लगानी थोरै हो र त्यसबाट आत्तिनु पर्दैन भन्दै बचाऊ गरिरहेकाको भारतीय सस्थापन पक्षले चीन किन कुन उद्देश्यकासाथ आउँदैछ भन्नेबारे खासै ध्यान दिएको देखिदैन । यहिवर्षको मार्च महिनामा पिपल्स बैंकले एचडिएफसी लिमिटेडमा आफ्नो शेयर एक प्रतिशतभन्दा बढी पारिसकेको छ । जसको कारण त्यो विषय ठुलो चर्चामासमेत आएको थियो ।
हुनत, कानुनीरुपमा भारतमा चिनियाँ लगानीलाई प्रतिबन्ध छैन । तर, दुई देशबिच तनाव बढीरहेकाबेला र भारतमा चिनियाँ उत्पादनलाई प्रयोग नगर्ने भन्दै अभियान चलिरहेकाबेला एक पछि अर्को गर्दै चीनले भारतका वित्तिय स्स्थामा लगानी गर्नु भने त्यसैपनि चर्चाको विषय बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस