aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोरिया भाषा परीक्षा दिने पोहोर भन्दा १० हजार बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
कोरिया भाषा परीक्षा दिने पोहोर भन्दा १० हजार बढी

काठमाडौं ।गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको छ । गत वर्ष ८२ हजार बढीले परीक्षा दिएकोमा यो वर्ष ९२ हजारभन्दा बढी परीक्षामा सहभागी हुँदैछन् ।

कोरिया भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष कोरिया भाषाको परीक्षा दिने विद्यार्थीको संख्या ८२ हजार ३ सय ३५ रहेको थियो । यस वर्ष बढेर ९२ हजार ३ सय ७६ पुगेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ ।

ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिने विद्यार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७५ हजार ९ सय ५४ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या ५ हजार ५ सय २२ जना रहेको छ ।

एसेम्बलका लागि ३७ हजार ६ सय ६९, मेजरका लागि १२ हजार ८ सय ९८ जनामध्ये महिला परीक्षार्थी २ हजार ५ सय ९ छन् भने पुरुष ३५ हजार १ सय ५१ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी, काठको कामका लागि १२ हजार ९ सय २२ जना परीक्षार्थीले आवेदन दिनएका छन् । यसमा पुरुष परीक्षार्थीको संख्या १० हजार ४ सय ५२ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या २ हजार ४ सय ६९ जना रहेको छ ।

कोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७ रहेको छ भने महिला परीक्षार्थीको संख्या ९ हजार ४ सय ७३ जना रहेको छ ।

त्यस्तैगरी, कृषि क्षेत्रमा पनि कृषिका लागि मात्र परीक्षा दिन परीक्षार्थी संख्या १४ हजार २ सय २३ रहेको छ । १४ हजार २ सय २३ मध्येमा महिला परीक्षार्थीको संख्या ७ हजार ६ सय ३८ जना रहेको छ भने पुरुष परीक्षार्थीको संख्या ६ हजार ५ सय ८३ जना रहेका छन् । यसैगरी, पशुपन्छी कामका लागि कोरिया भाषा परीक्षा दिनेको संख्या १४ हजार ६ सय ६४ परीक्षार्थी रहेको छ भने महिला १ हजार ८ सय ३५ र पुरुष १२ हजार ८ सय २४ रहेको छ ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस