aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

संयोग की सल्लाह, सी र मोदीको कसरी भयो उस्तै बोली ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
संयोग की सल्लाह, सी र मोदीको कसरी भयो उस्तै बोली ?

एजेन्सी । भारत र चीन निकै तनावपुर्ण स्थितीमा छन् । तर, सयुक्त राष्ट्रसंघको ७५ औँ वर्षगाठमा भने दुबै देशका शिर्ष नेताहरुले धेरै मिल्दाजुल्दा र उस्तै कुराहरु गरे । 

सामान्यतया सयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा परस्पर विरोधी राष्ट्रप्रमुखहरुले एकअर्काको उछिदो काट्ने र खेदो खन्ने मन्तव्य दिने गर्छन । विश्व अवस्थाबारे उनीहरुको दृष्टिकोण पनि पुरै विपरित देखिन्छ । तर, आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले एक अर्काबिच आरोप प्रत्यारोप गरेनन् । 

अहिले दुबै देशका सेनाहरु सिमा क्षेत्रमा आमन्नेसामन्ने छन् । कुनै पनि बेला तनावपुर्ण स्थिती सिर्जना हुनसक्नेमा दुबै पक्ष चिन्तित छन् । राष्ट्रसंघको सम्बोधनमा भने दुबैले विश्व अहिले बहुध्रुबिय बनेको र यस्तोबेला सयुक्त राष्ट्रसंघको भूमिका अझबढी अहम बन्ने कुरामा जोड दिए । 

उनीहरु दुबैजनाले सयुक्त राष्ट्रसंघमा व्यापक सुधारको आवश्यकता रहेको भन्दै त्यसपछि मात्र विश्वासको वातावरण बन्नसक्ने बताएका थिए । राष्ट्रसंघलाई सम्बोधन गर्दै सीले विश्व एक ध्रुविय रहन नसक्ने र कुनै एउटा देशले मात्रै संसारलाई नियन्त्रण गर्न नसक्ने भन्दै बहुध्रुविय विश्वको आवश्यताबारे जोड दिएका थिए । भारत विरुद्ध खासै आक्रामक नदेखिएका सीको निशाना भने अमेरिकातर्फ सोझिएको प्रष्टै देखिन्थ्यो । 

प्रतिक्रिया दिनुहोस