
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा साढे ९ बजेपछि बैठक बस्ने भएको हो ।
आज बस्ने बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे छलफल हुने बताइएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँच वर्षे कार्यअवधि पुस १ गते सकिदैंछ।
प्रतिक्रिया दिनुहोस