aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इ-स्कुटरलाई १ हजार देखी ५ हजारसम्म जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
इ-स्कुटरलाई १ हजार देखी ५ हजारसम्म जरिवाना

काठमाडौँ । यातायात व्यवस्था विभागले बिधुतिय स्कुटरलाई अनिवार्य दर्ता हुन् निर्देशन दिएको छ । बिहिबार मेट्रो ट्राफिकले उक्त निर्देशनलाई कार्यन्वयन गर्ने क्रममा बिधुतिय स्कुटरलाई दर्ता हुन आब्हान गरेको छ । 

जेठ २० गते विभागले ट्राफिक प्रहरी निर्देशनालयलाई बिना दर्ता चल्ने बिधुतिय स्कुटरलाई कारवाही गर्न पत्र लेखेको थियो । विभागले दर्ता बिना संचालित बिधुतिय स्कुटरलाई सवारी तथा यातायात एन २०४९ अनुसार १ हजार देखी ५ हजारसम्म जरिवाना गर्न निर्देशन दिएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस