aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

“२६ हप्तामै बच्चा जन्मिँदा १२ दिनसम्म भेन्टिलेटरमा राख्नु पर्यो”

  • राम कार्की
    राम कार्की
  • मंगलबार, ०६ असोज २०७७

सामान्यतया ३७ हप्तामा बच्चाा जन्मिने गर्छ । हालै ग्राण्डी इन्टरनेशनल अस्पतालमा पहिलो पटक २६ हप्तामै जन्मिएका एक नवजात शिशुको सफलतापूर्वक उपचार सम्पन्न भएको छ । यसै सन्दर्भमा उक्त अस्पतालमा लामाे समयदेखि नवजात शिशुहरुलाई राख्ने एनआईसीयुमा कार्यरत कन्सल्ट्यान्ट डा. निमा श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

यो अस्पतालमा भर्खरै २६ हप्ताको शिशुको सफलता पूर्वक जन्माउन सफल भएको छ, यो बारे केही बताइदिनुहो न ?

सामान्यतया बचा जन्मिने समय भनेको ९ महिना(३७ हप्ता)को हुन्छ । ३७ हप्ताको भएपछि भने बच्चा जन्मिएको खण्डमा बच्चाले सास फेर्न सक्ने, दुध खाना सक्ने र करिव सँढे २ केजीको तौल पुगेको हुन्छ । 

तर २६ हप्तामा चाहिँ बच्चाको शरिरको बृद्धि विकास भइसकेको हुँदैन, तौल पुरा भएको हुँदैन, दिमाग, फोक्सो र आन्द्रा लगाएतको शरिरको विभिन्न भागको बृद्धि विकास भैसकेको हुँदैन । त्यसैले यही अवस्थामा बच्चा जन्मिँदा खतरा हुने भएकोले लामो समयसम्म एनआईसीयुमा राखेर उपचार गराउनु पर्ने हुन्छ ।

यो भन्दा अघि पनि समय अगाबै बच्चा जन्मिएको थियो ?
यो भन्दा अघि पनि २७ महिना पुगेको बच्चा चाहिँ जन्मिएको थियो । तर २६ हप्तामै जन्मिएको यो पहिलो नै हो । 

बच्चाको स्वास्थ्यावस्था कस्तो छ ?

५७ दिन एनआईसीयुमा राखेर उपचार पछि अहिले डिस्चार्ज भैसकेको छ । उसको स्वास्थ्यावस्था सुधार भएर आफैंले दुध खान सक्ने, अक्सिजन नचाहिने र  तौल पनि पुरा भएको छ । आमाले नै दुध खुवाउन सक्ने भएपछि अस्पतालबा डिस्चार्ज भएको र २ पटकसम्म फलोअप पनि भइसकेको छ ।

हालसम्म कस्ता केशहरु देखिएका छन ?
२७, २८ हप्तासम्मको बचाहरु धेरै जन्मिएको रेकर्ड छ २६ हप्ताको चाहिँ पहिलो नै भै हाल्यो ।  कतिपय बच्चाहरुमा २८, २९ हप्ता पूरा भएपनि तौलमा धेरै कम भएको केशहरु पनि देखिएको थियो । हामीले यहाँ उपचार भएका बच्चाहरुमा ६ सय ५० ग्रामसम्मको थोरै तौल भएको देखिएको थियो ।

(कोभिड–१९)को सन्त्रासबीच काम गर्नु पर्दा कस्तो महशुष गरिरहनु भएको छ  ? 

यो कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच काम गर्नु पर्दा स्वास्थ्य क्षेत्रमा काम गर्न सबैलाई अप्ठ्यारो महशुस त भएको नै छ । पहिले आमा (विरामी)हरु आएर सरसल्लाह लिने गर्नुहुन्थ्यो हाल अस्पताल आउन नै कम भएको छ । 

तै पनि हामीले साबधानीका साथ काम गर्दै छौं । यो महामारीको अवस्थामा पनि सुत्केरी वा विरामीहरुको लागि उपचारमा गर्नु पर्ने हरसम्भवको प्रयास हामीले गरिरहेका छौं ।

अन्तमा केही भन्नु चहानुहुन्छ की ?

समय भन्दा धेरै अघि नै जन्मेको बच्चा भएकोले १०–१२ दिनसम्म भेन्टिलेटरमा राखेर फोक्सो बलिायो बनाउन औषधिहरु चलाउनु पर्ने अवस्था पनि आयो । शुरुदेखि नै आमैकै दुध पनि दिन पायौं ।

यो चरणमा मष्तिष्कबाट रगत बगर ज्यान जानसक्ने, इन्फेक्सन हुन सक्ने र आन्द्रा फुट्नसक्ने खतरा पनि उत्तिकै हुन्छ । यो बच्चाको शुरुमा केही समस्या देखिए पनि बारम्बारको टेष्ट र उपचारपछि सहजै रुपमा छिटै उपचार गर्न सफलता पायौं ।
 

प्रतिक्रिया दिनुहोस