aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सवारी दुर्घटनामा मृत्यु भए २८ लाखसम्म पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
सवारी दुर्घटनामा मृत्यु भए २८ लाखसम्म पाइने

अब सबारी दुर्घटनामा मृत्यु भएमा पिंडीत परिवारले बीमा कम्पनीबाट २८ लख रुपयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बीमा समितिले मोटर बीमाको बीमांक बढेर २८ लख पुर्याउनने तयारी गरेको हो । 

बीमा समितिले संसोधन गर्न लागेको मोटर बीमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपयाँ तोकिएको छ। यो अनुसार दुर्घटनाको कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लखसम्म बीमा कम्पनीले भुत्तानी  गर्नुपर्छ । 

दुर्घटनाको क्रममा मृत्यु भएमा १० लाख र मेडिकल बापत ३ लाख तोक्ने तयारी भैरहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस