aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

यस्ता लक्षण देखिएमा मधुमेहको शंका हुन सक्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
यस्ता लक्षण देखिएमा मधुमेहको शंका हुन सक्छ

एजेन्सी । जब शरीरमा प्याक्रियाजमा इन्सुलिन कम हुँदै गएपछि रगतमा चिनीको मात्र वृद्धि हुदैजान्छ । रगतमा ग्लूकोजको स्तर बढ्न थाल्छ यसलाई चिकित्सा भाषामा यसलाई मधुमेह भनिन्छ । यो एक पुरानो र मेटाबोलिक रोग हो जसले केही समयपछि मुटु, रक्त कोशिका, आँखा, मिर्गौला र स्नायुहरूलाई नष्ट गर्दछ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टका अनुसार विश्वव्यापी ४२ करोडभन्दा बढी मानिसहरू यस रोगको चपेटामा छन् । विज्ञहरूका अनुसार शरीरमा ७ लक्षणहरू देखे परेमा मधुमेहको जोखिम भएको हुनसक्ने अनुमान गरिएको छ ।  

धेरै तिर्खा लाग्नु मधुमेहको लक्षण हो । रगतमा चिनीको उच्च मात्राले किड्नीमा फिल्टर गर्दा बढी चाप बनाउँछ । यदि मिर्गौलाले छिटो काम नगरेन भने शरीरमा पेशाव उत्पादन बढ्नेछ र  बारम्बार पेशाव लाग्न सक्छ । यसले डिहाईड्रेसनको समस्यालाई पनि बढाउन सक्छ । दिनभरि तिर्खा लागेको छ र बारम्बार बाथरूममा जानुहुन्छ भने, त्यसोभए एकचोटि डाक्टरलाई जाचाउनु होस । 

चोटपटकमा लागेको वा अन्य घाउहरू शीघ्र निको हुँदैन । रगतमा चिनीको स्तरमा बढेको कारण शरीरमा एक सानो दाग पनि चाँडै निको हुँदैन । सेभिंग गर्दा अनुहारमा हल्का चोट लाग्दा पनि लामो समयसम्म निको हुँदैन । टाइप २ मधुमेह भएका बिरामीहरूमा त्यस्ता कठिनाइ बढी हुन्छ ।

रगतमा ग्लूकोजको मात्रा बढाउँदा स्नायुहरूलाई पनि क्षति पु¥याउँछ । चिकित्सा भाषामा यस समस्यालाई ‘पेरिफेरल डायवेटिज न्यूरोप्याथी’ भनिन्छ । सुई वा पिन खुट्टा विजेको जस्तो झनझनाट हुन्छ । 
टाइप २ डाइवेटिज रोगीमा इरेक्टाइल डिसफंक्शनसँग सम्बन्धित समस्याहरू टाइप –२ मधुमेह भएका बिरामीहरूमा देख्न सकिन्छ । चिकित्सा सम्बन्धमा यसलाई बालानाइटिस भनिन्छ । एन्डोक्रिनोला जिस्ट डा. होम्स वाकरका अनुसार लिंग सुन्निनु, रातोपन, पीडा, वा स्रावको समस्या छ भने, यो मधुमेह –२ को समस्या हुन सक्छ ।

मधुमेह–२ रोगले पनि एक व्यक्तिको मुडलाई असर गर्दछ । मुड डिसअर्डर भन्न सकिन्छ । एक रिपोर्टका अनुसार, चार डायबेटिसका प्रत्येक बिरामीहरूमध्ये एकलाई डिप्रेसन हुन्छ ।  जबकि ६ बिरामीमा एक जनामा एन्जेस्टको गुनासो रहेको पाइएको छ । रगतमा चिनीको मात्राको सन्तुलन मानव मानसिक सन्तुलनको लागि धेरै महत्वपूर्ण छ ।

मधुमेहका कारण आँखा खराब गर्न सक्छन् । उच्च रगत ग्लुकोजले आँखाको रेटिनामा उपस्थित रक्त कोषहरूलाई बिगार्दछ । यस्तो अवस्थामा कुनै व्यक्तिले कालो धब्बाहरू आँखाको अगाडि तैरिन थाल्छ वा धमिलो देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस