aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतका दुई व्यापारी घराना ७० वर्षदेखिका साथी कम्पनीको शेयरका कारण कानुनी लडाईमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
भारतका दुई व्यापारी घराना ७० वर्षदेखिका साथी कम्पनीको शेयरका कारण कानुनी लडाईमा

एजेन्सी । टाटा समूह र साइरस मिस्त्री बीच विगत ४ बर्षदेखि कानुनी लडाई चलिरहेको छ । अक्टोबर २०१६ मा साइरस मिस्त्री टाटा सन्सको अध्यक्षको पदबाट हटाइए । त्यसपछि त्यो मुद्दा अदालतमा पुग्यो । मिस्त्री समूह कम्पनीहरू टाटा सन्समा सबैभन्दा ठूलो सेयरहोल्डर हो । 

टास्टा सन्समा मिस्त्री परिवारको हिस्सा १८.५ प्रतिशत छ । तर शापोर्जी पालोनजी (एसपी) समूह टाटा सन्समा आफ्नो शेयर बेच्न खोजिरहेको छ भने टाटा समूह शेयर खरिद गर्न किन्न तयार छ । टाटा सन्समा एसपी समूहको हिस्सेदारी करीव १.३ लाख करोड रूपैयाँ भारु छ ।

शापोर्जी पालोनजी समूहले मंगलबार टाटा सन्समा शेयर बेचेर बाहिर निस्कन तयार रहेको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भन्यो, ’शापोर्जी पालोनजी र टाटा बीच ७० बर्षको पुरानो सम्बन्ध हो। र यो आपसी विश्वास, भरोसा र मित्रतामा आधारित थियो । 

त्यस्तै टाटा समूहले मंगलबार सुप्रीम कोर्टलाई शापोर्जी पालोनजी समूहलाई कोष चाहिन्छ र टाटा सन्समा आफ्नो शेयर किन्न तयार रहेको जवाफ दिएको छ । शापोर्जी पालोनजी समूहले टाटा सन्समा आफ्नो शेयर बेचेर कोष जुटाउने तयार रहेको समेत बताएको छ।

मिस्त्री परिवारका अनुसार टाटा सन्स बाहिर निस्किनु शेयरधनीहरुको लागि हित रहेको बताएको छ । शापोर्जी पालोनजी समूहले सर्वोच्च अदालतमा टाटा समूहबाट टाढा हुनु आवश्यक छ किनकि कानुनी लडाईले मात्र आर्थिक नोक्सान पु¥याउँछ । एसपी ग्रुपले टाटा सन्समा आफ्नो शयरको मूल्य १.७५ लाख करोड रूपैयाँ भारु  गरेको छ ।

शापोर्जी पालोनजी समूहको टाटा सन्समा उसको १८.४ प्रतिशत शेयर छ । यसका दुई सहायक कम्पनीहरू साइरस इन्भेस्टमेन्ट र स्टर्लिंग इन्भेष्टमेन्ट मार्फत टाटा सन्समा १८.४ शेयर छ ।   

सर्वोच्च अदालतले मंगलबार टाटा सन्सलाई शापोर्जी पालोनजीको शेयरको बिक्री अक्टोबर २८ सम्ममा प्रतिबन्ध लगाएको छ । यसका साथ एससीले २८अक्टुबरसम्म यथास्थिति कायम राख्न आदेश गरेको छ ।उच्च अदालतले अक्टोबर २८ मा मुद्दाको अन्तिम सुनुवाई गर्नेछ । ५ सेप्टेम्बरमा टाटा समूहले शापोर्जी पालोनजी समूहको हिस्सेदारीको धरौटी लगायतमा राख्न रोक्न सर्वोच्च अदालतमा अनुरोध गरेको थियो ।

मिस्त्री परिवारको सबैभन्दा महत्वपूर्ण सदस्य साइरस मिस्त्रीलाई २०१२ मा टाटा सन्सको अध्यक्ष बनाइएको थियो । तर २०१६ मा उनलाई यस पदबाट हटाइयो ।  यस पछि दुबै पक्षबीच लामो कानुनी लडाई शुरु भयो । जुन अझै चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस