aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

महालेखा नियन्त्रकमा मधुकुमार मरासिनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
महालेखा नियन्त्रकमा मधुकुमार मरासिनी

काठमाडौं । सचिव मधुकुमार मरासिनीले महालेखा नियन्त्रकको कार्यभार सम्हालेका छन् । हिजो मंगलबारदेखि उनले महालेखा नियन्त्रकको कार्यभार सम्हालेका हुन् । उनलाई गत साउन १२ गते मन्त्रीपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो ।

यस अघि उनी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवका रुपमा रहेर कार्य सम्पादन गरेका थिए । लामो समयसम्म संघीय सरकार अर्थ मन्त्रालयको विभिन्न महाशाखामा प्रमुखको रुपमा रहेर कार्यभार सम्हालेका थिए । उनीले वाणिज्य मन्त्रालयमा रहेर समेत कार्य सम्पादन गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस