aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

खानामा बिष खुवाइएका पुटिनका कट्टर आलोचक नाभाल्नी अस्पतालबाट डिस्चार्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
खानामा बिष खुवाइएका पुटिनका कट्टर आलोचक नाभाल्नी अस्पतालबाट डिस्चार्ज

बर्लिन । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । 

नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ । तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो । 

जर्मनीका रासायनिक हतियार विज्ञहरुले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन् ।  

रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ । नाभाल्नीमाथि भएको भनिएको आक्रमणलाई लिएर रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप जारी छ । रासस–एपी

प्रतिक्रिया दिनुहोस