aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लागुऔषध खरिद प्रकरणमा यी चार अभिनेत्रीलाई सोधपुछ गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
लागुऔषध खरिद प्रकरणमा यी चार अभिनेत्रीलाई सोधपुछ गरिँदै

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बलिउड लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ। ब्यूरोले दिपिका सहित उनकी मेनेजरलाई पनि २५ तारिख अर्थात शुक्रबार सोधपुछका लागि बोलाएको छ । 

कुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (बिहिबार) सोधपुछका लागि बोलाइएको छ । 

यस्तै सारा अली खान र श्रद्धा कपुरलाई पनि २६ सेप्टेम्बर अर्थात् शनिबार बोलाइएको छ ।

ड्रग्स खरिद प्रकरणमा हालसम्म बलिउडका थुप्रै सेलिब्रिटीको नाम आइसकेको छ । यसअघि नार्कोटिक्स कन्ट्रोल क्यूरोले आठ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई ड्रग्स केसमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस