aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुनको मूल्य निरन्तर ओरालो, आज पनि तोलामा १२ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
सुनको मूल्य निरन्तर ओरालो, आज पनि तोलामा १२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर ओरालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा १२ सयले घटेको थियो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस