aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

१३ लाख नगदसहित धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
१३ लाख नगदसहित धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

उक्त क्याफेबाट १ थान ल्यापटप र  २ थान विभिन्न ब्रान्डका मदिरा तथा हिउचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रुपैयाँ, १ थान ल्यापटप र १ थान सिसी क्यामरा हार्ड डिक्स समेत गरी जम्मा उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित इको सिस्टम एण्ड एडोप्टेसन आयोजनाको कार्यालय कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ बराबरको २ थान ल्यापटप बुधबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

प्रतिक्रिया दिनुहोस