aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

बिपी प्रतिष्ठानमा निःशुल्क पिसिआर परीक्षण बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
बिपी प्रतिष्ठानमा निःशुल्क पिसिआर परीक्षण बन्द

धरान । बिपी कोइराला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै संघीय तथा प्रदेश सरकारले पिसिआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले निशुल्क पिसिआर परीक्षण बन्द गरेको जनाएको हो । 

कोभिड अस्पताल, आइसोलेन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अति आवश्यक भएमात्र निशुल्क पिसिआर परीक्षण गरिने  र यस बाहेक अन्य कर्मचारी तथा बाह्य व्यक्तिले पिसिआर गर्न चाहे न्यूनतम दुई हजार शुल्क तिनुपर्ने प्रतिष्ठानले जनाएको छ।  

संघीय तथा स्थानीय सरकारबाट पिसिआर गर्न आवश्यक किट उपलब्ध नभएसम्म स्थानीय सरकार, संघ, संस्थाबाट समूहगत रुपमा आउने स्वाबको समेत दुई हजार शुल्क लिएर मात्र परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस