aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज राति मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
आज राति  मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य मौससम बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली हुने, मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    भोलि पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

    आइतबार देशको पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री, अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै दीपायलको अधिकतम तापक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । 
––– 

प्रतिक्रिया दिनुहोस