aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कश्मीरमा चर्चित वकिलको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
कश्मीरमा चर्चित वकिलको हत्या

श्रीनगर । कश्मीरमा चर्चित वकिलको हत्या भएको छ । मोटरसाइकलमा आएका दुई जनाले अन्धधुन्ध गोली प्रहार गरी जम्मु कश्मीरका चर्चित वकिल तथा अधिकारकर्मी बाबर कादरीको हत्या गरेका हुन् । 

जम्मु कास्मी उच्च अदालतमा वकालत गर्दै आएका उनी टेलिभिजन बहसहरुमा सहभागी हुन्थे र आफ्नो कुरा प्रस्टसँग राख्न सक्थे। श्रीनगरमा रहेको उनको घरमा बिहिबार राति बन्दुकधारीले उनीमाथि हमला गरेका हुन्। टाउको र शरीरका विभिन्न भागमा गोली लागेका कादरीलाई सेर ए कास्मिर इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको थियो। त्यही उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

३९ वर्षका वकिलले आफूविरुद्ध गलत प्रचार भइरहेको सोसल मिडियामार्फत् जानकारीसमेत गराएका थिए। उनलाई एजेन्सीहरुसँग काम गरेको आरोप लगाउँदै सोसल मिडियामा प्रचारबाजी भएपछि उनले प्रहरीलाई ध्यानाकर्षण समेत गराएका थिए।

उनको अन्तिम ट्विटमा एउटा फेसबुक स्क्रिनसट पोस्ट गरिएको छ जसमा उनीमाथि लगाइएको लान्छनाबारे लेखिएको छ। जम्मु प्रहरीको मिडिया सेन्टरलाई समेत ट्याग गरेर उनले आफ्नो ज्यान असुरक्षित रहेको समेत उल्लेख गरेका थिए।

केही वर्ष अघि उनका ससुरा गुलाम कादिर वानीलाई पनि आतंकवादीले मारेका थिए।

प्रतिक्रिया दिनुहोस