aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आईएमएफले भारतको प्रसंसा गरेपछि मोदी मक्ख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
आईएमएफले भारतको प्रसंसा गरेपछि मोदी मक्ख

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आत्मनिर्भर भारत’ अभियानको प्रशंसा गरेको छ । आत्मनिर्भर भारत’ अभियानका लागि आर्थिक प्याकेजले आईएमएफको  प्याकेजले अर्थतन्त्रलाई सहयोग गरेको जनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, आईएमएफका निर्देशक गेरी राइसले भने, “कोरोना भाइरस संकटबाट अर्थतन्त्रलाई माथि उकास्न आत्मनिर्भर भारत अभियान अन्तर्गत घोषणा गरिएको आर्थिक प्याकेज हो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटको यस युगमा भारतको अर्थतन्त्र सुधार गर्न २० लाख करोड रुपैयाँ भारुको राहत प्याकेजको घोषणा गरेका थिए । यस प्याकेजलाई भारतीय प्रधानमन्त्रीले आत्मनिर्भर भारत अभियान भनेका हुा । प्रधानमन्त्री नरेन्द्र मोदीले यो विशाल राहत प्याकेजबाट भारतका मानिसहरूलाई काम गर्ने सुविधा प्रदान गरिनेछ र आगामी केही वर्षमा भारत आफ्नो अधिकांश आवश्यकताको लागि आत्मनिर्भर बन्ने प्रयास गरिनेछ भनेका छन् । 

आईएमएफका निर्देशक गेरी राइसले भने, “अगाडि बढ्दै गरेको भारतले विश्व अर्थतन्त्रमा अझ महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । त्यस्ता नीति अवलम्बन गर्नुपर्दछ जसले अर्थव्यवस्थाको दक्षता र प्रतिस्पर्धात्मकता बढाउनेछ ।’’

राइसले भने, “यदि भारतले मेक फर वल्र्डको लक्ष्य हासिल गर्ने हो भने नीतिलाई प्राथमिकतामा राख्नुपर्नेछ जसले भारतलाई व्यापार, लगानी र टेक्नोलोजी मार्फत ग्लोबल भ्यालु चेन समाहित गर्न सक्षम पार्छ ।’’
 

प्रतिक्रिया दिनुहोस