aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एसबिआई बैंक सञ्चालक समिति सदस्य श्रेष्ठ सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
एसबिआई बैंक सञ्चालक समिति सदस्य श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ । 

प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । 

श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत थिए । 
 

प्रतिक्रिया दिनुहोस