aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

रेमिट्यान्सको वृद्धि २३ प्रतिशत, विदेश जानेको संख्या ९९.२ प्रतिशतले घटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
रेमिट्यान्सको वृद्धि २३ प्रतिशत, विदेश जानेको संख्या ९९.२ प्रतिशतले घटे

काठमाडौं । रेमिट्यान्सको वृद्धि २३ प्रतिशतले भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक सार्वजनिक गर्दै रेमिट्यान्समा उक्त वृद्धि भएको देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।
 

प्रतिक्रिया दिनुहोस