काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ११ र १२ गते निर्वाचन गर्न अनुमति पाएको छ । गृह मन्त्रालयले आज शुक्रबार महासंघलाई पत्र लेखेर महासंघलाई निर्वाचन गर्न अनुमति दिएको हो । महासंघको निर्वाचनमा २५ जनाभन्दा बढी भेला हुन नपाउने शर्त तोक्दै महासंघले अनुमति दिएको हो ।
‘गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दुरी कायम गर्नुपर्ने र स्वास्थ्यका मापदण्ड पालना गरेर साधारण सभा गर्न अनुमति पाएको हो । महासंघ पदाधिकारी बैठकले सो मितिमा निर्वाचन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई अनुमोदन गर्न तथा निर्वाचन सम्बन्धी थप तयारीका लागि महासंघले असोज १५ गते कार्य समितिको बैठक डाकेको छ ।
५४ औं साधारणसभापछि हाल महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष बन्नका लागि चन्दप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् । दुबै बरिष्ठ उपाध्यक्षका दावेदार ढकाल र प्रधानको आ–आफ्नै प्यानल छ । दुबै उपाध्यक्ष आफ्नो प्यानललाई जिताउन संघदेखि जिल्ला तथा वस्तुगत संघ संस्थामा समेत लागू गरिरहेका छन् ।
मंसिर ११ र १२ गते हुने महासंघ निर्वाचनमा चन्द्र ढकालका प्यानलबाट पदहरुमा उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र संघाईले निर्वाचन लड्दैछन् भने प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योतिले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । यी दुई प्यानलबीच आगामी महासंघको चुनाव हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस