aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड ड्रग्स प्रकरणः दिपिकाले स्वीकार गरिन, अन्यको बयान जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
बलिउड ड्रग्स प्रकरणः दिपिकाले स्वीकार गरिन, अन्यको बयान जारी

एजेन्सी । सुशांत सिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानपछि भारतीय कलाकारहरुमा ड्रगको धन्दाको सम्पूर्ण विवरण बाहिर आएको  छ ।  रिया चक्रवर्ती पछि अब बलिउडका प्रख्यात अनुहारहरू पनि ड्रग्सको नसामा फसेको विवरण बाहिर आएको छ ।  

प्रशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छिन् । उनीविरुद्धको छानविन जारी छ । यसैविच, ड्रग्सको मुद्दामा छानबिन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले चार जना बलिउडकर्मीलाई सोधपुछका लागि बोलाएको छ ।

भारतको आज अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरलाई मुम्बईमा प्रश्न गरिरहेका छन् । दीपिकालाई एनसीबी गेस्ट हाउस र एनसीबी कार्यालयमा सारा र श्रद्धाले सोधपुछ गरिरहेकी छन् । 

यस्तै, नायिका दीपिका पादुकोणलाई सेप्टेम्बर २५ सारा अली खान र श्रद्धा कपुरलाई सेप्टेम्बर २६ तारिखमा सोधपुछका लागि एनसीबीले बोलाएको छ । बलिउडका यी नायिकाहरुले भारतमा प्रतिबन्धित ड्रग्स प्रयोग गरेको दाबी एनसीबीको छ ।

दीपिकाले ड्रग्स च्याट नै भएको स्वीकार  गरेकी छिन । दीपिकाले भनिन, – 'यो च्याटलाई उनको सर्कलमा डुब मगाउने गरेको थियो डुब अर्थात ड्रग्सले भरिएको चुरोट वा सिगरेट मगाउने गरेका थिए ।' उनले दिएका धेरै जवाफ भने गोप्य नै राखिएका छन् ।

सारा अली खान एनसीबी कार्यालय पुगेका छिन्। दीपिका पादुकोण र श्रद्धा कपूरलाई अफिसमा सोधपुछ भैसकेको छ । अब सारा अली खानको पालो रहेको छ । उनलाई सुशांत सिंह राजपूत, उनको मित्रता, थाईल्याण्ड ट्रिप्स र लागूपदार्थको बारेमा सोधपुछ गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस