
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ) को लागि रकम बढाउने घोषणा गर्न सक्ने संकेत मिलेको छ । अग्रेजी वेबसाइट द गार्डियनको एक रिपोर्ट अनुसार बोरिसले डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्ने ३० प्रतिशत वृद्धि घोषणा गर्न सक्ने समाचार लेखेको छ । यदि जोनसनको यो कदम अमेरिकाको डब्ल्यूएचओबाट अलग भएपछि लागू भयो भने डब्ल्यूएचओलाई सबैभन्दा बढी रकम प्रदान गर्ने देशहरूको सूचीमा बेलाइत शीर्ष स्थानमा हुनेछ ।
संयुक्त राष्ट्र संघको साधारण सभामा बोरिस जोनसनले कोरोनाभाइरस बिरूद्धको यो अन्तर्राष्ट्रिय युद्धको पूर्णरुपमा हटाउन पनि आग्रह गरेका छन् । कोरोनाको संकटको बेला अमेरिकाले डब्ल्यूएचओलाई चीनको प्रभावमा भ्रष्ट भएको आरोप लगायो र आफूलाई अलग गरेका थियो । डब्ल्यूएचओ अमेरिकाबाट अधिक रकम प्राप्त गथ्र्यो ।
यदि बोरिस जोनसनले डब्ल्यूएचओ कोष लाई ३० प्रतिशत वृद्धि गर्ने घोषणाले आगामी चार बर्षसम्म ४८ अर्ब रूपैयाँ डब्ल्यूएचओले पाउने छ । यद्यपि यसको बदलामा बेलायती प्रधानमन्त्रीले डब्ल्यूएचओबाट विशेष शक्तिको माग पनि गर्न सक्ने अपेक्ष गरिएको छ । बेलायतले कोरोनासँग कसरी व्यवहार गर्ने भन्ने बारे विश्वभरका देशहरूबाट प्रत्यक्ष रिपोर्टको माग गर्न सक्छ ।
’द गार्जियन’का अनुसार बेलायतले वृद्धि गरेको रकम आगामी चार बर्षको लागि तोकिनेछ । यस पछि, बेलायत डब्ल्यूएचओको ठूलो लगानीकर्ताहरुको बीच सबैभन्दा परोपकारी देश बन्ने छ । यद्यपि यदि अमेरिकाका राष्ट्रपतिले राष्ट्रपति चुनावपछि पुनः डब्ल्यूएचओलाई सहयोग गर्न थाल्यो भने यो अझै पनि बेलायत भन्दा धेरै अगाडि हुनसक्ने सम्भावना भने रहिनै रहेको छ ।
प्रतिक्रिया दिनुहोस