aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोभिड–१९ सङ्क्रमण मुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोभिड–१९ सङ्क्रमण मुक्त

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५।१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।

मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ । यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १।४३ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस