aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मुकेशको ग्रुपमा अमेरिकी अर्को कम्पनी थपियो, अम्बानी टाट पल्टिएका कम्पनी धमाधम किन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
मुकेशको ग्रुपमा अमेरिकी अर्को कम्पनी थपियो, अम्बानी टाट पल्टिएका कम्पनी धमाधम किन्दै

एजेन्सी । मुकेश अंबानीको स्वामित्वमा रहेको रिलायन्स रिटेलले अमेरिकी निजी इक्विटी कम्पनी सिल्वरलेक पार्टनर्सबाट ७५०० करोड रुपैयाँ भारु लगानी गरेको छ । रिलायन्स रिटेलले आफ्नो १.७५ प्रतिशत शेयर बेचेको छ । लगातार दोस्रो पटक सिल्वरलेकले रिलायन्स इन्डस्ट्रीजको एकाईमा लगानी गरे हो ।  रिलायन्सको जियो प्लेटफर्ममा १.३५ अर्ब डलर स्वामित्व रहने छ । कम्पनीले दुई किस्तामा जियो प्लेटफार्ममा लगानी गरेको छ ।

हालै अमेरिकी इक्विटी कम्पनी केकेआरले पनि रिलायन्स रिटेलमा ५५५० करोड लगानी घोषणा गरेको छ ।  रिलायन्स उद्योग समूहमा  केकेआरको दोस्रो लगानी हो । यो लगानी पछि केकेआरको रिलायन्स रिटेलमा १.२८ प्रतिशत शेयर हुनेछ । अमेरिकी इक्विटी फर्म केकेआरले जियो प्लेटफार्ममा १.६ अर्ब डलर लगानी गरेको छ । 

एक रिपोर्ट उल्लेख गरिए अनुसार सोशल साइट फेसबुक र ई-कमर्स कम्पनी अमेजन पनि रिलायन्स रिटेलमा लगानी गर्न तयार छ । फेसबुकले जियो प्लेटफर्ममा करिब ४५ हजार करोड रुपैयाँ भारुको लगानीमा १० प्रतिशत हिस्सा लिएको छ ।  

रिलायन्स रिटेल ब्रिटेनको डिपार्टमेन्ट स्टोर डेबेनहम्स पनि किन्ने दौडमा रहेको छ । बेलायतको स्काई न्यूज च्यानलका अनुसार उक्त सम्झौता सेप्टेम्बरको अन्त्यसम्ममा हुने छ ।  समाचारका अनुसार रिलायन्स रिटेल यस डिपार्टमेन्ट स्टोर किन्ने गम्भिरता देखाएको छ ।  डेबेनहम्सहरू अहिले बैंक कन्सोर्टियमको स्वामित्वमा रहेको छ । यस अघि मुकेश अम्बानीको नेतृत्वमा रिलायन्सले बेलायतको सबैभन्दा पुरानो खेलौना कम्पनी ह्यामलिस पनि किनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस