aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

विद्यालयलाई सरकारको ताकेताः असोज १५ भित्र विद्यार्थी भर्ना गरिसक्नु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ११ असोज २०७७
विद्यालयलाई सरकारको ताकेताः असोज १५ भित्र विद्यार्थी भर्ना गरिसक्नु

काठमाडौं । वैकल्पिक विधिको सिकाइमा सहभागी गराउन विद्यालयले आउँदो असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने भएको छ । हाल विद्यालयमा भर्ना हुन बाँकी रहेका तथा स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो साताभित्र अनिवार्य रूपमा भर्ना गराउन सरकारले विद्यालयलाई ताकेता गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले आफ्ना वरपरका सबै विद्यार्थीलाई असोज १५ भित्र विद्यालयले अनिवार्य रूपमा भर्ना गर्नुपर्ने बताए । यसमा स्थानीय तहले सहयोगी खालको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस