aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज मध्यान्ह १२ बजे बालुवाटारमा बोलाइएको छ। 

सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको एक मन्त्रीले बताए । उनले बैठको खबर राती नै आएको पनि बताए ।

उनका अनुसार सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको बताइएको छ । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।


 

प्रतिक्रिया दिनुहोस