aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

स्मार्ट पार्किङका लागि काठमाडौंका पाँच स्थान छनौट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
स्मार्ट पार्किङका लागि काठमाडौंका पाँच स्थान छनौट

काठमाडौं । काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाको लागि न्युरोडमा स्मार्ट पार्किङ सञ्चालन हुने अझै केहि समय लाग्ने भएको छ ।  स्मार्ट पार्कको लागि  तिन महिना अघि देखि ह्विल्स ट्रलियोर्स कम्पनी र महानगरबीच सम्झौता  भएको थियो । 

महानगरको जानकारी अनुसार हाल सञ्चालन गर्न लागिएको स्मार्ट पार्किङको क्षमता पाँच स्थानमा तोकिएको छ । पाँच स्थानको पार्किङको क्षमता बिशाल बजारमा दुईपाग्रे सवारीको लागि १ सय ६५, प्युखामा १ सय ११, पाकोमा १ सइ ५०, खिचापोखरीमा २ सय ३० र दरबारमार्गमा १ सय २५ गरी दुइपाङ्ग्रे  सवारीसाधन पार्किङ गर्न सकिन्छ । 
चारपाङग्रे गाडीको लागि धर्मपथमा ५० र दरबारमार्गमा ३३ सवारीसाधनको लागि स्थान छुट्याएको छ । 

गत विहिबारदेखि नै सञ्चालनमा आउने भनिएको पार्किङ हाससम्म पनि सञ्चालनमा आउन सकेको छैन् । पार्किङको सम्पुर्ण काम सकिसकेको महानगरले बताएको छ । तर  उद्घाटन गरेर मात्र सञ्चालनमा ल्याउन लागेको महानगरपालिकाका सहरी सु–सुव्यवस्था  विभागका प्रमुख  हरिबहादुर कुँवरले बताए । 

उक्त पार्कमा पार्किङ गर्नको लागि १५ मिनेट अगाडिनै बुक गर्नु पनि सकिने महानगरले बताएको छ । बुक गर्दा गाडि वा मोटरसाएकलको नम्बर समेत टिपाउनु पर्ने महानगरले जानकारी दिएको छ । आफुले बुकिङ गरेको १५ मिनेटसम्म पनि पार्किङ गर्न नगए  पार्किङ स्वत रद्द हुने छ । वाईकको लागि एक घण्टाको २५ रूपैंया रुपैयाँ र गाडिको ६० रूपंैया तिर्नुपर्ने हुन्छ । बुकिङ गरेको समयबाट नै उक्त शुल्क लाग्ने महानगरले जनाएको छ । 

स्मार्ट पार्किङमा ६० वटा गाडि र ८ सय बाइक पार्किङ गर्ने सकिनेछ । उक्त पार्कमा बिहिबारदेखि एक सातासम्म  परिक्षण काल शुरू हने छ । परिक्षण कालमा र्पािकङ गर्दा शुल्क लाग्ने छैन् । 

शुरूमा न्युरोड क्षेत्रको पाँच स्थानमा सञ्चालन गर्ने तयारी गरिएको छ । रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्ममथ र पाकोमा स्मार्ट पार्किङ लागु हुने छ ।  
 काठमाडौं उपत्यकामा व्यवस्थित र सुविधायुक्त पार्किङ नहुँदा अव्यवस्थित पार्किङले झन जटिल समस्या निम्त्याउने भएका कारण महानगरले उक्त पार्किङको व्यवस्था गर्न लागेको गरेको हो । 

काठमाडौं उपत्यकामा बन्न लागेको पार्किङको लागि घरमै बसेर र वा अन्य ठाउँबाट पनि पार्किङ बुकिङ गर्न सकिने छ । यसको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरी डाउनलोडपछि आफुलाई उपयुक्त लाग्ने पार्क छनोट गरी बुक गर्न सकिने छ । उक्त पार्कमा ६० वटा भन्दा बढि सिसिक्यामेरा जडान गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस