aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मिलिजुली फेमिलीले गर्यो वृद्धाश्रमलाई आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
मिलिजुली फेमिलीले गर्यो वृद्धाश्रमलाई आर्थिक सहयोग

काठमाडौं । मिलिजुली फेमिली परिवारले बुटवलमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैजु वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । मिलिजुली फेमिलिले सामाजिक सञ्जाल टिकटकको माध्यमबाट समाजसेवामा समर्पित यसमा आवद्ध भई सकरात्मक सोचसहित जेष्ठ नागरिक सम्मान तथा आवश्यक सामग्री, दशैंको नयाँ लुगा वितरणको साथै भोजन गराउने कार्यक्रम गरिएको छ । 

साथै यसले करिब २०० भन्दा बढी सदस्य रहेको यो परिवारले रक्तदान जीवनदान कार्यक्रम लगायत काठमाडौं गोगंबु रहेको हिमालय वृद्धाश्रममा रहेका जेष्ठ नागरिक लाई खाद्यान्न र आवश्यक सामग्री वितरण र भोजन गराउने कार्यक्रम सम्पन्न गरिसकेको छ । आज यस कर्मयोगी वरिष्ठ समाजसेवी धर्मपाल गणेशमान सैजु ज्यूको योगदानले २०६० सालमा यो वृद्धाशम स्थापना भएको थियो। 

यस वृद्धाशममा संन्चालन हुने नवज्योति आदर्श बालकुन्जलाई १० हजार १५ रुपैयाँ वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । त्यसैगरि भैरहवा रहेको सिद्धार्थ बाल आश्रमलाई ५ हजार ५ रुपैयाँ माधव शर्मा भट्टराईलाई प्रदान गरिएको छ। जेष्ठ नागरिक बृद्ध वृद्धाहरुको सम्मान सहित नयाँ लुगा वितरणको र खाध्यान्न आवश्यक सामाग्री वितरण ११ जना लाई वितरण गरिएको थियो । 

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवं अन्तर्राष्ट्रिय जेसीजका पूर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुप मान सैजुले शुभकामना मन्तव्य दिदै समाजिक सञ्जालमा राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ तर असल मन भएका व्यक्तिहरु जोडिएर वनेको यो मिलिजुली परिवारबाट टिकटक रमाइलो मात्र होइन यसबाट समाजसेवा पनि गर्ने बताए । 

बुटवल उद्योग वाणिज्य संघ तथा लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष अर्जुनमान सैजुले सेवाभावले अत्यन्तै पुनित कार्य गर्नुभएको मिलिजुली परिवारलाई शुभकामना व्यक्त गरे ।  

समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ वृद्धाश्रमका अध्यक्षबाट शुभकामना मतव्य व्यक्त गर्दै अत्यन्तै प्रेरणादायी कार्य गरेका मिलिजुली परिवारलाई मायाको चिनो वितरण गरि धन्यवाद व्यक्त गरे । मिलिजुली परिवार सदस्य माधव शर्मा भट्टराईले आउने दिनहरुमा यो मिलिजुली परिवारबाट अन्य ठाउँमा पनि वृद्धाश्रममा सहयोग पुर्याउने र अनाथ बालबालिकालाई सहयोग गर्ने तर्फ मिलिजुली परिवार अगाडि बढ्ने जानकारी दिए । भाषण गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु महान् हुन्छन् भन्दै , सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस