aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एपहरुले थाहै नदिई तपाईको फेसबुकको सूचना त लिइरहेका छैनन् ? यसरी थाहा पाउनुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
एपहरुले थाहै नदिई तपाईको फेसबुकको सूचना त लिइरहेका छैनन् ? यसरी थाहा पाउनुहोस्

तपाईले प्रयोग नगरेका एपहरुले समेत तपाईको फेसबुकमा पहुँच पाइरहेका हुनसक्छन् । तपाईले कहिल्यै फेसबुकबाट कुनै गेममा ‘साइन अप’ गर्नुभएको थियो ? वा कुनै क्वीजमा भाग लिनुभएको थियो ? त्यसो हो भने संभवतः ती एपहरुले तपाइको फेसबुक तथ्याङ्कमा अझै पनि पहुँच पाइरहेका हुनसक्छन् । हालांकी ती एप तथा गेमहरु वर्षौं अघि प्रयोग गरेका हुनसक्छन् ।

कसरी हटाउने ? 
तपाइको फेसबुकमा एप तथा गेमहरुले बनाइरहेको पहुँचलाई हटाउन सुरुमा फेसबुक एपको मेनुमा जानुस् । त्यसपछि तलपट्टी स्क्रोल गर्दै जानुस् । त्यहाँ तपाइएले ‘सेटिङ्ग’ मा क्लिक गर्नुस् । त्यसपछि ‘सेटिङ्ग एण्ड प्रभाइभेसी’ लेखिएको छ भने त्यसमा क्लिक गर्दा भित्रपट्टी ‘सेटिङ्ग’ देख्नुहुनेछ । त्यसपछि भित्र गइसकेपछि ‘अकाउण्ट सेटिङ्ग’ देख्नुहुनेछ । त्यसमा ‘एप्स’ वा ‘एप्स एण्ड वेबसाइट’ छान्नुस् । ‘लग्ड इन विथ फेसबुक’ मा जानुस् । त्यसपछि तपाइले आफ्नो फेसबुक प्रोफाइलमा पहुँच बनाइरहेका एपहरु देख्नुहुनेछ । कुनै एउटा एपमा क्लिक गनुभयो भने त्यसले पहुँच बनाइरहेको तथ्याङ्क देखाउनेछ । 

त्यसबाट तपाइले एपलाई आफ्नो फेसबुकमा कस्ता तथ्याङ्कमा पहुँच दिने भन्ने विषय फेरबदल गर्न सक्नुहुन्छ । तल स्क्रोल गरेर डिलिट तथा रिमुभ समेत गर्न सक्नुहुनेछ ।

यसैगरी अकाउण्ट सेटिङ्गमै रहेको ‘इन्स्ट्यान्ट गेम्स’बाट गेमिङ एपहरुको पहुँचलाई व्यवस्थापन गर्न सकिन्छ । फेसबुकमा रहेका साथीले समेत तपाईको तथ्याङ्क अरुलाई दिइरहेका हुनसक्छन् । उनीहरुले प्रयोग गरिरहेका एपहरुले समेत तपाईको विषयमा पहुँच बनाइरहेका हुनसक्छन् । अघिकै ‘एप्स एण्ड वेबसाइट’ मा गएर ‘एप्स अदर यूज’ मार्फत त्यसलाई परिवर्तन गरेर कस्ता सूचना दिने छनौट गर्न सक्नुहुन्छ । ‘प्लाटफर्म’ मा गएर ‘नो’ क्लिक गरी यसलाई पुर्णतया निष्कृय समेत बनाउन सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस