बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सम्हालेका तथा वित्तीय बजारलार्ई नजिकबाट निहालेका मनोज कुमार भट्टराई अहिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छन् । यसअघि नेपाल लाइफ इन्स्योरेन्सलाई त्यो उचाइमा पुर्याउने सुत्रधारका रुपमा रहेका सीईओ भट्टराईसँग नेपाल औद्योगिक विकास निगम (एनआईडीसी), ग्रान्ड बैंकमा काम गरेको कार्याअनुभव छ । बीमा क्षेत्रमै दुई दशभन्दा लामो यात्रा गरिसकेका उनै भट्टराईसँग बीमा बजारको पछिल्लो अवस्था, यस क्षेत्रको सम्भावना तथा अवसर, चुनौती, समस्या र समाधानका साथै प्राइम लाइफसँग सम्बन्धित रहेर आर्थिकन्युज डटकमले गरेको आर्थिक बहसः
कोरोना महामारीबीच बीमा व्यवसायलाई अगाडि बढाउन के के गरिरहनु भएको छ ?
यो महामारी हाम्रो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । हाम्रो सोच आफ्नो परिवार व्यक्ति र सानो समाजमा मात्र सीमित रहेछ । कोरोना महामारीले हामीलाई मानिसको जीवनको जोखिम यति परिधिभित्र मात्र सीमित रहेनछ भनेर पाठ सिकायो ।
अब जीवन बीमा किन गर्नुपर्छ भनेर भनिरहनु पर्दैन जस्तो लाग्छ ।
हामीले जुन जोखिमहोला भनेर भन्छौँ त्यसको आर्थिकरुपमा न्यूनीकरण गर्न सहज पार्ने भनेको एउटै उपाय भनेको जीवन बीमा हो । यो महामारीको बेला हामीले हाम्रो बीमा व्यवसाय कसरी अगाडि बढाउने भन्दा पनि यो अवस्थामा हामी कसरी बाँच्ने भन्ने सोच राख्नुजरुरी छ ।
अहिले नयाँ बीमा पोलिसी बिक्री गर्नुभन्दा पनि अहिलेसम्म बीमा गराएका बीमकहरूको धरोहर, जिम्मेबारीको जुन दायित्व हामीले लिएका छौं, त्यसलाई नोक्सानी हुन दिन हुँदैन भन्ने हो । कोभिडको प्रभाव कम हुँदै गएपछि मात्र व्यवसायको बारेमा सोचौला भनेर हामीले योजना बनाएका छौं । अहिले हामी हाम्रो व्यवसाय कसरी अगाडि बढाउने भन्दा पनि कसरी बचाउने भन्नेमा छौँ ।
व्यवसाय बचाउन के के गरिरहनु भएको छ त ?
पहिलो काम त खर्चका न्यूनीकरण गर्नु हो । अहिले आम्दानी घटेको छ । पहिलेको जस्तो व्यवसाय फष्टाउन सकेका छैनौ । व्यवसायसुस्ताए पनिफिक्स कस्ट त छँदैनैछ । सकेसम्म नयाँ कर्मचारीहरू भर्ना नगर्ने, खर्च कटौती गर्ने र प्रचार प्रसारखर्च कम गर्ने गरेका छौँ । अहिले बीमा गर्छु भन्नेलाई ५ लाखसम्मको बीमा अनलाइन प्रणालीको माध्यमले घरबाट नै गर्न सक्ने व्यवस्था मिलाएक छौं । अनलाइन व्यवस्था हामीले झण्डै डेढ वर्ष पहिलेदेखि नै शुरु गरेका थियौँ यसले गर्दा अहिले यो महामारीको बेला सहज भएको छ ।
यो महामारीले बीमा नवीकरण गर्नेलार्ई कतिको असर पार्यो ?
पटक्कै असर परेन । जसले बीमाको शुल्क तिर्न सक्ने गरी आम्दानी नै गर्न सकेनन् त्यस्तोहरूको लागि हामीले बीमा समितिको निर्देशन अनुसार त्यो अवधिको विलम्ब शुल्क नलिने भनेर छुट गरेका थियौँ । सक्नेहरूले अनलाइनबाट पनि शुल्क तिर्नु भयो । विगतको वर्षभन्दा यो वर्ष हाम्रो नवीकरणअसाध्यै राम्रो भएको छ । लामो समयसम्म नवीकरण नगर्नेहरू पनि यो बेला जीवनको महत्व बुझेर नवीकरण गर्न आएका छन् ।
म जहिले पनि के भन्छु भने यो जीवन बीमा भनेको १०–२० लाख तिरेर पाइने होइन हाम्रो जीवनको फिलोसपीलाई बुझ्नु पर्छ । हामीले जन्मदेखि नै हरेक कुरामा बीमा गरिरहेका हुन्छौँ । हामीले गर्ने हरेक गतिविधि बीमा हो । हामीले बच्चा जन्मिने वित्तिकै न्यायो कपडा लगाइदिने स्याहार सुसार गर्छौ । यो गर्नु भनेको पनि बीमा त हो नि । पौष्टिक खाना खाने, दैनिक एक्ससाइज गर्ने जस्ता कार्य गर्नु पनि बीमा नै हो । यसले हाम्रो शरिरलाई तन्दुरुस्त राख्छ ।
तर, हामीले बीमा जस्तो व्यापक कुरालाई सानो संकुचित बनाएर ५–१० लाख बीमा शुल्क तिरेर बीमा गर्ने भनिरहेका छौँ । हामी सानो हुँदा हाम्रा अभिभावकले सुरक्षित गर्नु भएको थियो । हामीे हात खुट्टा चल्ने भएपछि आफै सुरक्षित हुन खोज्छौ यी बीमाका गतिविधि नै हो । यो सबै गर्नु भनेको जोखिम कम गर्न त हो नि । यो सबै गर्दा गर्दै पनि जीवनलाई आर्थिक रुपले सरल र सहज बनाउन बीमा गर्ने हो ।
मानिसको जीवन बाहेक संसारमा सबै कुराको मूल्य हुन्छ । जीवन बीमाले त मानिसलाई थोरै भए पनि मूल्यवान बनाउने मात्र हो । कम से कम बीमा गर्दा यसलाई तलमाथि केहि पर्यो भने यति मूल्यको बराबरको मानिस चाँहि हो है भन्न अर्थात रिक्स व्यवस्थापन गर्न बीमा गर्ने हो । अमूल्य चिजको मूल्यवान बनाउन हामीले बीमाको प्रविधि अपनाउने हो ।
लकडाउनको समयमा नयाँ बीमा पोलिसी बिक्रीको अवस्था कस्तो थियो ?
वैशाख र जेठमा यो लकडाउनका कारण बीमाको गति बिग्रिएको थियो । असार महिनामा हामीले केहि हदसम्म खुल्ला भएको बेलामा जीवन बीमा कम्पनीहरुले राम्रो गर्यो । हाम्रो व्यवसाय अभिकर्तामा भर पर्ने व्यवसाय हो । उनीहरूले व्यक्ति भेट्न जानु पर्ने हुन्छ । तर, यसबेलामा त व्यक्ति भेट्नै नपाइने भएकोले साउन र भदौमा त्यति राम्रो व्यवसाय भएन । तर, पनि गत वर्षको भन्दा राम्रो भएको छ । यसपालि असोज महिनाको लागि पुरा समय सदुपयोग गर्ने अवसर पनि मिलेको छ । यो महिनामा धेरै नै राम्रो व्यवसायगछौँ भन्ने आशा छ ।
बीमा बजारमा प्राइमको आफ्नै पहिचान छ । त्यहि पनि हाम्रा प्रडक्टहरूप्रायः परम्परागत छन् ।आम ग्राहकलाई आकर्षण गर्न नयाँ खालको पोलिसी ल्याउँन किन नसकिएको हो ?
कोरोना बीमालाई बीमा भन्दा पनि सामाजिक सुरक्षाको रुपमा लिनुपर्छ । किनभने यो कोभिड बीमा बीमाको सिद्धान्त भन्दा फरक छ । महामारीमा मानिसलाई सहज गरौँ भनेर ल्याइएको हो यो बीमा पोलिसी । तर, एउटा कुरा मानिसले के बुझ्नु पर्छ भने बीमा मानिसको लागि अपरिहार्य छ । अमूल्य जीवनलाई मूल्यवान बनाउनुपर्छ भनिरहँदा बीमा रकम त तिर्न सक्ने हुन पर्यो नि ?जीविन निर्वाह गर्न सक्ने मात्र आम्दानी भएकालाई त अहिले हामीले बीमा नै गराउन सक्दैनौँ ।
बोनश सहित आउने बीमा योजनाबाहेक त हामीले अरु सोच्नै सकेका छैनौँ । नयाँ किसिमको नयाँ बीमा योजना ल्याउने भन्यो त टाढाको कुरा हो । बोनश कति वर्षमा कति फिर्ता आउछ भन्ने मात्र भए । अब यसलाई अलिक फरक ढंगले सोचेर यो फिर्ता नआए पनि नओस् बरु मेरो राम्रासँग जोखिम बहन होस्न त भनेर मात्र गर्ने हो भने पनि बीमाको परिधि बढ्छ ।
वर्षमा ३/४ हजार तिरेर मेरो जोखिममात्र बहन गरिदिनस्, मलाई बोनस चाहिँदैन भन्ने हो भने थोरै प्रिमियम तिरेर पनि करोडको बीमा गर्न सकिन्छ । आज कसैले प्राइम लाईफ इन्स्योरेन्समा वर्षको ३/४ हजार तिर्छु भन्यो भने उसको ५ लाखको बीमा हुन्छ । तर, उनले बोनश पनि चाहिँदैन । पैसा फिर्ता पनि आउनु परेन । म त्यति रकम तिर्छु मेरो जोखिम बहन मात्रै गरिदिनुस् भन्ने हो भने उसको एक करोडको बीमा हुन्छ ।
त्यस्ता प्रोडक्ट हामीले पनि ल्याउन नसक्ने होइन । ल्याउन सक्छौँ । यी प्रडक्टमा रिक्स बढी हुन्छ तर, पैसा फिर्ता हुँदैन । बोनश दिने भनेको त त्यहि प्रिमियमलाई लगानी गरेर दिने त हो नि । महँगो पैसा तिरेर सानो बीमा गर्नु भन्दा सस्तो पैसा तिरेर ठूलो बीमा गर्नु राम्रो हो ।
हामीले पनि नौलो र नयाँ किसिमको बीमा योजना ल्याउने तयारी गरेका छौँ । यस्तो नयाँ बीमा योजनामा प्राइम लाइफले असाध्यै चमत्कार गरेको छ । हामीले नारी जीवन बीमा भनेर ल्यायौँ । आजसम्म यस्तो योजना अरु कम्पनीले ल्याएका छैनन् । अहिले नेपाल सरकारले सोसल सेक्युरिट फण्ड भन्यो, योगदानमा आधारित फण्ड भन्यो यो त हामीले आज भन्दा ११ वर्ष पहिले ल्याएका हौँ ।
हामीले साढे दुई वर्ष अघि प्राइम जीवन उपहार भनेर एउटा प्रडक्ट ल्यायौँ । यस्तो योजनाआजसम्म संसारमा कहि र कसैले पनि ल्याएका छैनन् । एउटा बीमा गरिरहँदा अर्को साल त्यति नै बीमांक बराबरको(इन्डोमेन्ट)पोलीसी उपहारको रुपमा दिइराखेका छौँ । आज कसैले २५ लाखको बीमा गर्छ भने एक वर्ष पछि उहाँलाई फेरि अर्को ५० लाखको इन्डोमिक पोलीसी बोनश आउने पोलिसी उपहारको रुपमा दिइराखेका छौँ । अब भन्नुस्, यहाँ भन्दा नयाँ सोच कति गर्नु ?
बीमा व्यवसाय विस्तार गर्न के गर्नुपर्छ ?
बीमामा शिक्षा, सचेतनाको कुरा आउँछ । बीमा व्यवसाय सचेतनामा आधारित व्यवसाय हो । अभिकर्तालाई जस्ले दुई पैसा बढी दियो त्यहि राम्रो भनिदिन्छन् । बजारमा त सबै खालका कम्पनी, प्रडक्टहरू छन् । अर्को कुरा हामीले बजारीकरण गर्न सकिरहेका छैनौँ । हाम्रो पनि कमजोरी छ । किनभने हाम्रो पनि लिमिटेसन छ । खाली व्यवसायको हिसावले मात्र काम गयौँ । बीमालाई बुझाउने हिसावले काम नै गर्न सकिरहेका छैनौँ ।
मैले बीमा सचेतनाको कुरा गरे भने प्राइम लाइफको ब्यानर लोगो पछाडि टास्छु । यो गर्नु भनेको त सचेतना होइन विज्ञापन हो । तर, हामीले यसलाई नै सचेतना भनेर भन्ने गरेका छौँ । हामीले गर्दै गरेको त्यो काम नियमनकारी निकायले गरिदियो भने त्यो साँचिकै शिक्षा हुन्छ । बीमा सचेतनाको शुरुवात स्कुलबाटै शुरु गर्न जरुरी छ । विद्यालयको पाठ्यक्रममा समावेश गरेर निम्नमाध्यमिक देखि बीमाको बारेमा पढाइ हुनुपर्छ ।
हामी डिजिटल प्रविधिमा जाँदै गर्दा अभिकर्ताको विकल्पमा अरु केहि हुनसक्छ कि ?
अभिकर्ताको १०० प्रतिशत विकल्प भनेर त सोच्न नै सकिदैन । सोच्न पनि हुँदैन । यसको विकल्पमा केहि मात्रामा हामीले गर्न सक्ने भनेको अनलाइन हो । अनलाइनबाट ५ लाख भन्दा बढीको बीमा गर्नलाई सम्भव नै छैन । किनभने मेडिकल, अन्डरराइटका कुरादेखि विविध पक्ष छन् । यी सबै कुरा गर्दा पनि अनलाइन अभिकर्ताको पुरै विकल्पमा हुन सक्दैन । अर्को संस्थागत अभिकर्ता । यसमा हामीले बैंकबाट पो गर्न सकिन्छ भनेर सुरुवात गर्यौ, तर यो पनि राम्रो भएन । यसमा त झन विकृति पो आयो । पछि मौद्रिक नीतिबाट नै बन्द गर्नु पर्यो ।
हामी बीमालाई पाठ्क्रमका समेटने कुरा गर्छौ । अहिलेसम्म एक्चुरीका लागि विदेश कै भर पर्नु परेको छ । एक्चुरी नहुँदा बीमा कम्पनीहरूले समयमा साधारणसभा गर्न सकिरहेको छैन । यसको व्यवस्थापन मिलाउन कम्पनीहरूले कुनै पहल गरेको छ कि ?
अहिले नै हामीलाई ४१ जना एक्चुरी आवश्यक परिसकेको अवस्था छ । यो भन्दा कमको त कामै छैन । पढेर ४१ जना तयार पार्न समय लाग्छ । अहिले हामीले एक्चुरीका लागि विदेशको भर पर्नु परेको छ । यसले गर्दा हामीलाई अप्ठ्यारो पनि परेको छ । अहिले हामीले डाटा पठाइ दिइसकेपछि बढीमा दुई महिना होइन भने एक देखि डेढ महिनाभित्रमा सबै काम सकिएर आउँछ । समस्या कहाँ आयो भने हाम्रो एक्चुरीले तयार पारेको प्रतिवेदन नियमनकारी निकाय बीमा समितिमा पेश गर्नु पर्यो । समितिले पनि आफ्नो एक्चुरीका पठाएर भेरिफाइ भएर आएपछि मात्र हामी एजीएमको लागि अगाडि बढ्न सक्छौ ।
आज पनि बीमा ऐन, २०४९ कै व्यवस्थामा टेकेर हामीले काम गरिरहेका छौ । ऐनको दफा २६ मा स्पष्ट भनिएको छ ३ वर्षमा एक पटक जीवन बीमा कम्पनीले बीमांकीय मूल्यांकन गराउनु पर्छ । पछि निर्देशनको रुपमा हरेक वर्ष बीमांकीय मूल्यांकन गराउन थालिएको हो ।
ऐनमा नै त्यस्तो प्रावधान छँदै थियो भने त्यहि अनुसार गर्न पाएको भए सहज हुन्थ्यो । र काम पनि चाँडै हुन्थ्यो । यो बाहेक बीमा समितिले पनि एक पटक हेरेर यो मिलेन यसको जवाफ देउ भने पनि हुन्थ्यो । त्यो पनि हुन सकिरहेको छैन । यता कम्पनी ऐनले पुस मसान्तभित्र एजीएम गरिनस् भने जरिवाना गर्छु भन्छ ।े पुसभित्र कर चुक्ता गरेन भने जरिवाना कर प्रशासनको जरिवानामा परिने । वर्षे पिच्छे बीमांकीय मूल्यांकन गर्नुपर्ने व्यवस्थाले कतै पनि राम्रो हुन सकेको छैन । यतै जरिवाना तिर उता जरिवाना तिर बीमामा समस्या छ ।
लाइफ फण्डमा २ खर्ब भन्दा बढी भइसक्यो । यसको उचित उपयोग गर्न सकिरहेका छैनौँ । किन होला ?
लगानी गर्ने क्षेत्रहरु प्रशस्त छन् । हामी सारै जोखिमपूर्ण लगानी गर्ने क्षेत्रमा पनि जान सक्दैनौँ । किनभने यो त बीमितको जिम्मेबारीको पैसा हो । निश्चित अवधिपछि बीमांक रकममा केहि थप गरेर फिर्ता गर्नुपर्ने पैसा हो यो । जोखिम कम भएको भेञ्चरमा हामी जाँदा बीमा समितिको जुन निर्देशन छ त्यसको परिधिभित्र मात्र बसेर काम गर्दा पनि त्यति अप्ठयारो छैन । अहिले बीमा समितिले पनि ५ प्रतिशत जति घर जग्गामा लगानी गर भनिरहेको छ । तर, हामीले सो क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौँ । हामीमा डर छ कतै बीमकको पैसा डुब्ने त होइन भनेर ।
प्राइम लाफइमा आएपछि के के गर्नु भयो र गरिरहनु भएको छ ?
काम गर्न एउटा टिम वर्क चाहिन्छ । तर, पनि एउटा बाटो देखाउने कुरा हुन्छ । मेरो एउटै मात्र सिद्धान्त के छ भने आफूमा भएको क्षमताले भ्याउनेसम्म मैले त्यो ठाउँमा योगदान दिनुपर्छ । म जुन पदीय दायित्वमा छु, यो कम्पनीको होल सिष्टमको केन्द्रविन्दु भनेको त्यहि हो । आफ्नो व्यक्तिगत लाभभन्दा पनि यो कम्पनीलाई मैले के दिन सक्छु र के गर्न सक्छु भन्ने मान्यतामा म काम गर्छु । कम्पनीको नियम कानुनको परिधिभित्र रहेर ‘द वेस्ट’ गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । अहिले मलाई लाग्छ प्राइम लाइफ राम्रो पोजिसनमा पुगेको छ ।
अहिले यो कम्पनी १२ वर्षमा छ । १२ वर्ष पुगिसकेको जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन गर्ने जुन वार्षिक लक्ष्य हुन्छ जस्तो हामी सँगसँगै आएका सूर्या लाइफ, एशिएन लाइफ गरी यी चार सँगै आएका हुन् । अहिले यी चार मध्ये सबैभन्दा माथि एशियन लाइफ छ । यसमा २२/२३ अर्ब लाइफ फण्ड पुगिसकेको छ । हाम्रो साढे ११ अर्ब मात्र भएको छ । कमशेकम एसियन लाइफको हाराहारीमा त पुग्नु पर्यो नि भन्ने लक्ष्य हो । अबको दुई वर्ष अर्थात मेरो कार्यकालमा एसियनको हाराहारीमा पुर्याउन कम्पनीलाई पुर्याउने उद्देश्यका साथ हामीले काम गरिरहेका छौं ।
प्राइम लाइफको आफ्नै घर थिएन । अहिले हाम्रो आफ्नै घर नागपोखरीमा तयार हुन लागेको छ । अब चाडै नै हामी भाडाको ठाउँ छोडेर आफ्नै घरमा सर्दैछौं । प्रत्येक प्रदेशमा प्राइम लाइफको आफ्नै घर बनाउने तयारीमा छु । यति गरे भने आफ्नो कार्यकालमा सक्सेस फूल्ली काम गरे भन्ने आत्म सन्तुष्टि हुन्छ ।
बीमा बजारमा प्राइम लाइफको हिस्सा कति छ ?
बजारमा ६—७ प्रतिशत हिस्सा छ । व्यवसायिक हिस्साले मात्र पनि हिस्सा हेर्न हुँदैन । अरु इन्डिकेटर पनि राम्रो छ । लगानीकर्तालाई दिइने मुनाफाको हिसावले हामी सबैभन्दा माथि छौँ । हाम्रो अर्निङ रेसियो पनि हाम्रै छ । यी सबै कुराहरूले हेर्ने हो भने हामी माथि नै छौँ ।
बीमा कम्पनीहरु धेरै छन् । यो प्रतिस्पर्धी बजारमा आमग्राहकले प्राइम लाइफ नै किन रोज्ने त ?
पहिलो कुरा त प्राइम लाइफको प्रडक्टहरू नै सारै आकर्षित छन् । अर्को हाम्रो सेवारको स्तर हो । आपतकालीन रुपमा दाबी भुक्तानी गर्नु पर्यो भने पनि हामीले सहजरुपमा सेवा दिने वातावरण मिलाएका छौँ । कुनै महाविपत्ति पर्छ की भनेर अहिले पनि हामीले ३० करोडसम्मको प्रोभिजङ फण्डको व्यवसथा गरेर राखेको छौँ । बाहिरबाट हाम्रो जुन सम्पन्नता देखिन्छ भित्रि पनि त्यहि हो ।
प्रतिक्रिया दिनुहोस