aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

राष्ट्रपतिद्वारा एसिडसहित तीन अध्यादेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
राष्ट्रपतिद्वारा एसिडसहित तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।

अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ । साथै, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस