
एजेन्सी । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमै परेको छ । तर अब धेरै देशले पर्यटकहरूका लागि विषेश अवस्था अपनाएर आफ्नो सीमा खोलिदिएका छन् । राज्यहरूले धेरै नयाँ दिशानिर्देशहरू जारी गरेका छन्, जुन प्रत्येक पर्यटकलाई पढ्नको लागि आवश्यक छ । यदि तपाईं कतै भारतका यी शहरहरु घुम्ने योजना पनि गर्दै हुनुहुन्छ भने कुनै समस्याबाट बच्न निश्चित रूपमा राज्यहरूका यी नियमहरू थाहा पाएर मात्रै जानु हो ।
आन्द्र प्रदेश
आन्ध्र प्रदेश–तेलंगाना र कर्नाटकबाट आएका व्यक्तिहरूको लागि १४ दिनको होम क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ । यहाबाछ अन्तर प्रदेशको यात्रा निषेध गरिएको छैन ।
अरुणाचल प्रदेश
अरुणाचल प्रदेश–राज्य प्रवेश गर्ने यात्रुहरूले राज्यको चेक पोष्ट र हेलिप्याडमा र्यापिड एन्टिजेन परीक्षण गर्नुपर्ने हुन्छ । यदि कोरोना पोजेटिभ आएमा १४ दिनको होम क्वारेन्टाइन इन्टिच्युसनल क्वारेन्टाइन बस्नु पर्ने हुन्छ । यस राज्य भित्र यात्रामा प्रतिबन्ध छैन ।
आसाम
यात्रामा प्रतिबन्ध छैन, ९६ घण्टा भित्र राज्यमा आएका व्यक्तिले एन्टिजेन परीक्षण गर्नुपर्ने हुन्छ । पोजेटिभ रिपोर्ट आएमा १० दिनसम्म अलग्गै रहनु पर्छ ।
छत्तीसगढ़
छत्तीसगढमा इपासको आवश्यकता छैन । अर्को राज्यबाट आउनेले १४ दिनसम्म होम क्वारन्टाइन अन्य राज्यहरूबाट आएका यात्रीहरूको लागि आवश्यक छ । रायपुरलगायत धेरै जिल्लाहरूलाई कन्टेन्टमेन्ट जोन घोषणा गरिएको छ ।
गोवा
गोवा– अन्य राज्यहरुबाट आउने यात्रीहरु यहाँ आउँदा कोरोना टेस्ट गर्नु पर्दैन । यात्रीहरूले ई–पास, कोभिड नेगेटिभ रिपोर्ट ल्याउन आवश्यक छैन । यहाँका बारहरू खुला छन् तर ग्राहकहरूले सबै सुरक्षा दिशानिर्देशहरू पालना गर्नु आवश्यक छ । समुन्द्रको किनार र क्यासिनो बन्द रहेका छन् ।
गुजरात
गुजरात–अहमदाबाद, भावनगर, पोरबंदर एयरपोर्टमा थर्मल स्क्रीनिंग आवश्यक छ । क्वारेन्टाइन भने अनिवार्य छैन। अहमदाबाद र सूरत जाँदा बसमा जम्मा ५० प्रतिशत यात्री क्षमतामा बस चल्नुपर्नेछ । अन्य ठाउँमा बसहरू ६० प्रतिशत यात्री क्षमतामा चलाउन पाउने छन् ।
हिमाचल प्रदेश
हिमाचल प्रदेश–हिमाचल प्रदेश आउने पर्यटकहरूले राज्यको आधिकारिक वेबसाइटमा दर्ता गर्नु पर्दैन र सिमानामा छिर्दा कोरोनाको नेगेटिभ रिपोर्ट दिनुपर्दैन । यद्यपि, यहाँका लागि अन्तरप्रादिक बस सेवा प्रतिवन्ध छन । सबै पर्यटन सम्बन्धी गतिविधि अक्टुबरको अन्त्यसम्म किन्नौर र स्पीति उपत्यका बन्द छ । पर्यटकहरूले आरोग्य सेतु एप डाउनलोड गर्नुपर्ने हुन्छ । पर्यटक अब राजमार्गमा रोकिने छैनन् ।
झारखंड
झारखंड–अन्तरराज्यीय बस सेवाहरू यहाँ बन्द छन् । होटल, लज, रेस्टुरेन्टहरू फेरि खुलेका छन्। यहाँ पुग्दा सबै यात्रीहरूले आधिकारिक वेबसाइटwww.jharkhandtravel.nic.in मा आफ्नो व्यक्तिगत विवरणहरू दर्ता गर्नुपर्नेछ ।
जम्मू कश्मीर
जम्मू कश्मीर–यहाँ आउने पर्यटकहरुका लागि कोभिड १९ एन्टिजेन परीक्षण गर्नु अनिवार्यक छ । हावाइ र रेल मार्गबाट आउने यात्रुहरूले १४ दिनको अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्छ । यात्रीहरूको फोनमा आरोग्यो सेतु एप डाउनलोड गरेको हुनपर्छ । स्थलमार्गबाट आउने यात्रुहरूले प्रशासनिक क्वारेन्टाइन नियमहरूको पालना गर्नुपर्नेछ जबसम्म उनीहरूको रिपोर्ट नेगेटिभ आउदैन ।
कर्नाटक
कर्नाटक–अन्य राज्यबाट आएका यात्रुहरूलाई १४ दिनसम्म अलग्गै राख्न आवाश्यक छैन । पर्यटकहरूले सेवा सिन्धु पोर्टलमा पनि दर्ता गर्न आवश्यक छैन ।
केरला
केरला–पर्यटकहरूले जागरात पोर्टलमा दर्ता गर्नुपर्नेछ । यसले एन्ट्री पासको रूपमा काम गर्दछ । विदेशबाट वा टाढाबाट आउने यात्रीहरूका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्छ ।
महाराष्ट्र
महाराष्ट्र–अन्तरराज्य यात्रामा प्रतिबन्धित छ । महाराष्ट्र बासीलाई भने यहाँ घुम्न निषेध छैन।
मिजोरम
मिजोरम–उडान सुविधा यात्रुहरूका लागि सोमबार, बिहीबार र शनिबार मात्र उपलब्ध छ । यहा रातको ८ः३० देखि विहान ४ः३० सम्म कर्फ्यू जारी गरिएको छ ।
राजस्थान
राजस्थान–सबै यात्रीहरूलाई यहाँ आउन अनुमति छ । जयपुर, जोधपुर, कोटा, अजमेर, अलवर, भिलवाडा, बीकानेर, उदयपुर, सीकर, पाली र नागौरलगायत ११ भन्दा बढी जिल्लामा धारा १४४ लागू गरिएको छ । बस, अटोरिक्सा सहित सबै सवारीहरू चलिरहेका छन् । धेरै यात्रीहरू गाडीमा बस्न पाइदैन ।
सिक्किम
सिक्किम–होटल, होमस्टेज र अन्य पर्यटन सम्बन्धी सेवाहरू अक्टुबर १० देखि पुनः शुरू हुदैछन । होटल र होमस्टेका लागि बुकिंग २७ सेप्टेम्बरदेखि खुला गरिएका छन । पश्चिम बंगालको सीमा अक्टोबर १ देखि खुल्नेछ ।
तामिलनाडु
तामिलनाडु–रेल, उडान वा सडकको माध्यमबाट अन्य राज्यहरूबाट आउनेहरूको लागि ई–पास अनिवार्य छ । त्यहा क्लबहरू, होटेलहरू र रिसोर्टहरू आवश्यक नियम अन्तर्गत सञ्चालन छन्। सेप्टेम्बरदेखि ५० हवाई उडानहरू दिनहुँ चेन्नई एयरपोर्टमा आउन आउने र जाने गरेका छन् ।
उत्तर प्रदेश
उत्तर प्रदेश– एयरपोर्टमा यात्रीहरूको थर्मल स्क्रीनिंग आवश्यक गरिएको छ । यस बाहेक, १४ दिनको होम क्वारंटाइन पनि छ । यदि त्यहाबाट सात दिन भित्र फर्कने योजना रहेको छ भने फेरि क्वारेन्टाइनमा बस्नु पर्दैन ।
उत्तराखंड
उत्तराखंड–बाहिरी व्यक्तिहरु राज्य प्रवेश गर्नका लागि वेब पोर्टल धधध.कmबचतअष्तथमभजयलतय.गप.नयख.ष्ल मा दर्ता गर्नु अनिवार्य छ । पर्यटकहरूको लागि राज्यमा दुई दिवसीय बुकिंग रद्द गरिएको छ। पर्यटकहरूले कोभिड १९ को नेगेटिभ रिपोर्ट पनि देखाउनु भने पर्दैन । सबै सीमा चेकपोस्टहरू, एयरपोर्टहरू, रेलवे स्टेशनहरू र सीमा जिल्ला बस स्ट्यान्डहरूमा थर्मल स्क्रीनिंग अनिवार्य गरिएको छ । पर्यटकहरूले आरोग्य सेतु एप डाउनलोड गर्नुपर्नेछ ।
पश्चिम बंगाल
पश्चिम बंगाल– यहाँ उडानहरूमा प्रतिबन्ध छ र त्यहाँ विशेष रेलबाट आउने सुविधा मात्र छ ।
प्रतिक्रिया दिनुहोस